जन आकाश
काठमाण्डौँ । तिहार पछि राप्रपा नेपालले यति ग्रुप र नेपाल ट्रस्टका कार्यालय घेराऊ गरि वृहत आन्दोलन गर्ने आन्तरिक तयारी बुझिन आएको छ । राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले तत्कालिन कम्युनिष्ट सरकारले यति ग्रुपलाई नेपाल अधिराज्य भरिका हजारौँ रोपनी सरकारी जग्गा कौडीको दाममा भाडामा दिएर तत्कालिन कम्युनिष्टका सरकारले भ्रष्टाचार गरिरहेको आरोप लगाउदै उक्त भ्रष्टचारको भण्डाफोर गर्न आन्दोलन जान लागिएको जन आकाश बताएका हुन् । राप्रपा नेपालका अध्यक्ष तामाङले अहिलेसम्म आफ्नै समुदायका मानिसहरुलाई मात्रै राजनितिक आक्रमण गर्दै आईरहेका छन् । अध्यक्ष भएको १ महिना नबित्दै तामाङले तिब्बती गुम्बाहरुमाथि राजनितिक अस्त्र प्रहार गरे । त्यसपछि आङकाजी शेर्पालाई र अहिले यति ग्रुप अर्थात शेर्पाहरुको संयुक्त लगानीमा संचालित कम्पनी । जुन कम्पनीको पर्यटन, होटल र एयरलाईन्समा अर्बौ लगानी छ ।
अध्यक्ष तामाङ जनआकाश मिडियासँग कुरा गर्दै भन्छन् म जातमा होईन । वर्गमा विश्वास गर्छु । गरिब क्षेत्री बाहुनहरु मेरा मित्र हुन र धनाढ्य सामन्ती पुँजीपति जनजातिहरु मेरा शत्रु । हामी गरिब जनजातिका शत्रुहरु क्षेत्री , बाहुनहरु होईनन् बरु शोसकी , सामन्ती पुँजीपति जनजातिहरु नै हुन् र गरिब क्षेत्री बाहुनहरुको शत्रु धनी र भ्रष्ट क्षेत्री , बाहुनहरु । अब असल जनजातिले खराब जनजातिलाई र असल ब्राम्हणहरुले खराब ब्राम्हणहरुलाई कारवाही गर्नुपर्छ । मैले मेरा समुदायका मानिसहरुलाई मात्रै राजनितिक आक्रमण गर्नुका कारण सुतिरहेका जनजाति समुदायहरुलाई जगाउनु हो । खराब जनजातिहरुलाई सुर्धानु हो । मेरो नजरमा सबै जातिका मानिसहरु समान हुन् । अरुलाई खराब देख्नु पहिले आफु असल हुन जरुरी छ । अरुको समुदायलाई गाली गर्नु पहिले आफ्नो समुदायलाई सुर्धान जरुरी छ । अरुलाई गलत देख्नु अगाडी आफ्नो गल्ती सच्याउँदै आत्माआलोचना गर्न जरुरी छ । मैले पनि त्यहि गर्दै आईरहेको छु । जसरी हुन्छ । जुन निति प्रयोग गरेर हुन्छ मलाई मेरो देश धनी बनाउनु छ चाहे त्यसको लागि मैले मेरो सामन्ती, पुँजीपति जनजातिहरु माथि जुनसुकै अस्त्र प्रयोग गर्न नै किन नपरोस् किनभने मेरो लागि जातिभन्दा ठूलो देश हो ।
स्मरणरहोसहुनत यति ग्रुप बिरुद्ध नेपालका एक ठ्ुला धनाढ्यले बिभिन्न सञ्चारमाध्यममा समाचार लेख्न लगाए भन्ने सुनिन्छ लाक्पा तामाङ नेतृत्वको राप्रपा पनि त्यस्तै धनाढ्यको प्रयोग नहुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend