जन आकाश
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउपालिका वडा न. ४ को सानो सैलुङ खारपानी भन्ने ठाउँमा टयाक्टर र्दुघटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा टार निवासी ट्याक्टर चालक डुक प्रेमा तामाङ अर्का ट्याक्टरमा सामान ओसार पसारमा सहयोग गर्ने फुर्वा तामाङको र्दुघटनास्थल मै मृत्यु भएको र समाल तामाङ भने हामफालेर बाच्न सफल भएको गाउपालिका अध्यक्ष कमानसिं मोक्त्तानले बताए अहिले घटनास्थलमा नेपाल प्रहरी जनप्रतिनिधिहरु, स्थानीय बासिन्दाहरु घटनास्थलमा पुगेर हेर्नेको भीड जम्मा भएको छ ।
ना ७ त ८७३ न. ट्याक्टर झण्डै २०० मिटर तल खसेको थियो ।अहिले नेपाल प्रहरीले उक्त ठाउवाट मृतकहरुको लास माथि बाटोमा निकाल्न तारका डोरीहरु प्रयोग गरेर प्र¥याश गरिरहेको त्याहावाट हामीलाई स्थानीयले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend