जन आकाश
काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।
मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।
यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।
प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थियो भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर नेपाली कांग्रेसले बिगतमा बुटवल राजधानीको माग गरेको थिएन । अहिले राजधानीको मुदा मशला बनाएको हो । त्यसैगरी कांग्रेसले किन ३ बागमति प्रदेशको राजधानी अपायक पर्ने ठाउँमा हुदा केही बोलेन त्यसकारण कांग्रेसको पनि ठुला नेता जाहा हुन्छन् त्यसैको प्रभावमा बहकिने गरेको देखिन्छ ।
प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।
जसरी भएपनि प्रदेशको राजधानी दाङ गए सँगै बागमति प्रदेश र अव बन्ने लुम्बिनी प्रदेशमा संघियता उल्टाउने बिउ नेपालको सरकार (नेकपा) नेकपा ले रोपेको छ । यसले भोलिको दिनमा अर्को द्धन्द्ध निम्त्याउने सम्भावना बढाई दिएको छ । किनकी नेपालका प्रदेश मध्य धेरै कुराहरुवाट महत्व राख्ने बागममि र लुम्बिनी प्रदेशले आट गरेमा भोलि यो ब्यवस्था नै उल्टाउन सक्छन् । भन्नुको अर्थ पुराना नेपाली कांग्रेस, नेकापा –नेकपा पुराना शक्तिलाई जनताको जनमतवाट फालेर नयाँ जनमतको आधारमा नयाँ संरचना तयार गर्न सक्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend