logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

यसपालिको दशै घरमै बसेर मनाउन सरकारको आग्रह


  • जन आकाश
  • बुधबार, असोज २१ २०७७

मानिसहरुमा उमंङको रहर भएपनि कोरोनाको कहरले छेक्यो ।
महगीले आकाश छोयो ।
नेपालीहरुको मन यो बर्षा नराम्ररी रुने भयो ।
काठमाडौं ।
मोहन कार्की ।
२०७७ सालको नेपालीहरुको महाँनचाढ बिजयाँ दशमी नजिकिदै गईरहेको छ । तर मानिसहरुमा त्यति खुसियाली छाएको देखिदैन । एकापर्टी कोरोना सक्रमण बढ्ने चिन्ताले सरकारले भीडभाड नगर्नु भनेको छ । अर्को तर्फ यातायातामा ५० प्रतिशत भाडा बढी तिर्नुपर्ने बाध्यता र यातायातले पनि आधा सिटमा मात्र यात्रु बोक्नुपर्ने बाध्यताले यातायातको असुविधा देखि बजारभाउमा भएको महगीले खासै मानिसहरु खुशी देखिदैनन् ।



स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्तिलाई आधार मान्ने हो भने त झनै यस बर्षको दशै घर घरमै बसेर मनाइदिन आग्रह गरेको छ । यो सन्देशले पनि धेरै मानिसहरुमा अवको दशै जाहा जुन ठाउमा आफु रहेका छन् त्यही ठाउमा बसेर मनाउने तरखरमा भएको देखिन्छ ।
बिगतमा दशैमा घर छोडेर बिभिन्न पेशा ब्यवसाय गर्न घरदेखि टाढा गएका आफन्त घर फर्कन्छन् र उनिहरु फर्केपछि सवै जना जे जस्तो अवस्थामा छन् क्षमता अनुसारको जे पाक्छ त्यही बाढीचुडी खाएर हासीखुसी दशै मनाउने मन आफन्तको हुन्थ्यो दशैमा त्यसै गर्थे तर यो बर्ष छोराछोरी, नातानातिनी घरआगनमा देख्न नपाउदा धेरै जति आमा बुबा हजुरबाहरुको मन रुने भएको छ । तर के गर्नु बाध्यता परिस्थिति जस्ता कुराहरुले यि चाहानाहरुलाई रोकिदिएको छ ।

दशैको अवसरमा घर जाने यात्रुहरुको लागि प्रत्येक बर्ष मानिसहरुको भीड हुने र्गथ्यो भने बजारहरुमा केनमेल गर्नेको घुइचो पनि तर यो बर्ष कोरोनाको कारण र बजारमा पनि अस्वभाविक भाउ बढीरहेको हुनाले त्यसमा एकतिर कमाई नहुनु अर्कोतर्फ भाउ बृद्धि हुनुले पनि मानिसहरुमा उत्साह हराएको हो ।

कतिपय मानिसहरु त दशैको अवसर पारेर कयौ बर्षदेखि आफ्नो घर जान नपाएकाहरुले यस्तै अवसर पारेर गाउँ सम्झने गर्दथे र दशै पर्वलाई खृुसियालीका साथसाथै बिगत सम्झने अवसरको रुपमा समेत मनाउने गर्दथे । गाउमा पिङ खेल्नुको मज्जा, साथीभाई मिलेर पिङ हाल्नुको मज्जा, बाटो घाटो छरछिमेक मिलेर काम गर्नुको मज्जा आफुभन्दा ठुलावाट आशिर्वाद पाउनुको आनान्द अकै हुन्थ्यो तर यो बर्ष यि सवै दशैका राम्रा पक्षहरु हुदाहदै पनि समय र परिस्थितिले जा जुन ठाउमा छौ त्यही ठाउमा जे जस्तो अवस्थामा रहेका छौ त्यसरी नै मनाउन पर्ने बाध्यतालाई सवैले मनन गरेर मनाउन गरेको सरकारको आग्रह पनि ठिक हो भनि मानेर मनाउदा राम्रो नै हुन्छ ।
आउदा दिनहरु सहज भएपछि आउदो सालका दशैहरु यो बर्षको दुखः बिर्साउने गरी मनाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend