logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप बजार सुनसान सतर्क अपनाउन आग्रह


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०७७

रामेछप। रामेछापको पुरानो सदरमुकाम हालको रामेछाप नगरपालिका यतिबेला सुनसान छ।



विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान भएको रामेछापवाट हामिलाइ राजन महतरा क्षेत्रीले जानकारी दिएका हुन । रामेछाप बजारका केहि स्थानिय सहित जिल्ला अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकमी र रामेछाप नगरपालिका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमण फैलन नदिन रामेछाप नगरपालिकाले बजार क्षेत्रमा कडाई गरेको छ ।

नगरपालिका भित्रका बजारहरुको पसल तथा व्यापार व्यवसाय विहान ५ बजेदेखि १० बजेसम्म मात्रै सन्चालन गर्न दिने निर्णयले पनि बजार सुनसान बनेको हो । चाडपर्व नजिकिँदै गर्दा बजार सुनसान देखिएको छ । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि आज बजारमा चहलपहल देखिएको छैन । बजारका अधिकांश पसल बन्द छन । विगतमा चाडपर्वको समयमा भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरू पनि निराश बनेका छन् । कोभिड– १९ को संक्रमणको जोखिमका कारण मानिस सामान खरिद गर्न बजार निस्किएका छैनन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend