जन आकाश
मोहन कार्की
काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनको तेश्रो स्मृति दिवस महासंघकाले सम्पन्न गरेको छ।
आज महासंघको प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरेर शरद कुमार गौचनले निर्माण क्षेत्रमा पुर्याएको योगदानको बारेमा सबैले चर्चा गरेका थिए ।
सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । (कोभिड–१९) कोरोना भाइरसको बढ्दो संक्रमणका कारण कार्यक्रमलाई भव्य रुपमा गर्न नसकिए पनि नेपाल सरकारले जारी गरेको स्वस्थ्यको मापदण्डलाई पूर्ण पालना गर्दै कार्यक्रमको निरन्तरता भने दिइएको थियो ।
महासचिव रोशन दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । आगामी बर्षहरुमा भने स्वर्गीय गौचनको सम्झनामा बृहत रुपमा अन्य कार्यक्रम पनि गरिने जानकारी महासचिव दाहालले दिनुभयो ।
निर्माण व्यवसायीहरुमाथि अहिले पनि सुरक्षा खतरा रहेको भन्दै उहाँले व्यवसायीहरुका सुरक्षाका लागि महासंघले ठोस पहल गर्नुपर्ने बताउनुभयो । सो अवसरमा गौचनको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । श्रद्धाञ्जली सभा अगाडि महासंघ परिसरमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा महासंघका अध्यक्ष रवि सिंह सहित गौचनकी धर्मपत्नी आशा गौचन, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने तथा पदाधिकारीहरु, सदस्यहरु र महासंघका कर्मचारीहरुले माल्र्यापण गरेका थिए । गौचनको २०७४ साल असोज २३ गते नयाँ वानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा उहाँको निवास नजिकै अपराधिक समुहबाट गोली हानी हत्या गरिएको थियो ।
त्यसै घटना सङ संबंधित झण्डै एक दर्जन अभियुक्तहरु जेलमा छन भने ।त्यसै घटनामा मुख्य अभियुक्त भनिएका मनोज पुनलाई भारतवाट प्रकाउ गरेर ल्याइ इन्काउन्टरमा मारिएको थियो ।जसले गर्दा त्यो घटमा ठुलै योजनामा भएको हुन सक्ने सम्भावना बढेर गएको छ। किनकि प्रमाण मेटन मुख्य भनिएकालाई मारिसकेपछि । अन्य थप अनुसन्धान गर्ने बाटो बन्द भएको छ।
भन्नुको अर्थ कुनै माफियाहरुले मार्न पुनलाइ लगाको र पोल खुल्ने डरले पुनलाई मार्न लगाको भन्ने आधार सबैले अनुमान गरेका छन ।
त्यस्ता घटना हुन नदिन आउदादिनमा सुरक्षा निकाय चनाखो हुनुपर्छ ।
देश निर्माण गर्ने सफल कम्पनी मद्य डाफे निर्माण सेवा पनि पर्छ । त्यो शरद कुमार गौचनको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend