logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

राजतन्त्रको माग र्गदै उत्रिए युवाहरु


  • जन आकाश
  • शनिबार, असोज २४ २०७७

काठमाडौं ।
मोहन कार्की



नेपालमा थुप्रै खालका परिवर्तन भएका छन् भने पार्टीपिछेका एजेन्डा पनि छन् । अहिले राप्रपा नेपालले राजतन्त्रको पुनःस्थापनको माग गदै आएको पार्टी र राजतन्त्र पुनःस्थापना हुनुपर्छ भनेर माग गदै आएको बीर गोरखालीको आयोजनामा र  नेपालको  आज गौशलावाट मोटरसाईकल ¥याली शुरु गरेर पुरानो बानेश्वर, मैतिदेवी हुदै रत्नपार्कको शान्तिवाटिका पुगेर राजतन्त्र पुुनःस्थापन गर्ने उदघोष गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गदै बीर गोरखालीले   नेपाल राष्ट्र बचाउने हो भने राजतन्त्रको पुनःस्थापना अनिवार्य भएको बताएका थिए ।
उनिहरुले गाउँ गाउँमा हल्ला छ राजतन्त्र पुनस्थापना गर्ने सल्लाह छ जस्ता नाराहरु लगाएका थिए । अचेल बिरलै मात्र सुनिने राष्ट्रिय गीत हटि होइन डटि लड्ने नेपालीको बाणी हुन्छ कहिल्यै नझुक्ने स्वभिमानी नेपाली हुन्छ भन्ने गीत गाएका थिए ।

कार्यक्रममा गणतन्त्रका निक्कै आलोचक डिल्लीराम खनालको उपस्थितिले युटुवेहरुको ध्यान भने त्यता खिचिएको थियो । युवाहरु स्वत स्फुत राजतन्त्रको पक्षमा गणतन्त्रको घोषणापछि आएको यो घटना पहिलो हो ।
यो भन्दा अगाडी राजतन्त्रको वकालत गर्नेहरु पुराना बुडाखाडा मात्र देखिन्थे यो पटक भने युवाहरुको लहर निक्कै थियो । हुन सक्छ नेपालमा गरिबी, अशिक्षा, बेरोजगार, कुथिति जस्ता कारणहरुले युवाहरुमा नेपालको सत्तामा रहेका र लोकतान्त्रिक भनिएको ब्यवस्थामा असन्तुष्टि बढेको हुदा निरास भइ यो गणतन्त्र भन्दा राजतन्त्र पो ठिक होकि भनेर आक्रोसित हुँदै सडकमा ओर्लिएको अनुमान लगाउन सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend