logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लकडाउनको हल्ला फिजाउदै माफियाहरु

लडाउन लगाउनु हुदैन भन्छन जनताहरु


  • जन आकाश
  • सोमबार, असोज २६ २०७७

लकडाउन कस्लाइ चाहिएको छ ?
काट्रेलिङ गरेर उपभोक्त ठग्नेहरुलाइ
गणस्तरहिन सामान बेच्नेहरुलाइ
नेपाल देशको कुभलो चाहनेहरुलाइ
काठमाडौ ।
मोहन कार्की
यतिबेला काठमाडौं उपत्यकाको चोकचोकमा बसेर लकडाउन गर्नुपर्छ नभए खत्तम हुन्छ ।कोरोनाले  बर्वाद पार्छ  भन्दै नियोजित रुपमै हल्ला फिजाएर सरकारलाई लकडाउन गराउन प्रभावभित पार्नलाई माफियाहरुले योजना नै बनाएको महसुस हुनेगरी हल्ला फिजाइरहेका छन ।
त्यो सहजै अनुमान लगाउन सक्छौ । लकडाउनको बेला सहज आपूर्ति नहुने, र कुहिएका गुणस्तरहिन खाद्यान्न, जुन निस्कृय पार्नुपर्ने बस्तु उपभोक्तालाई अभाव देखाएर बेच्न , सहजै उपलब्ध हुने खाद्यान्न, अन्य बस्तुहरुपनी कर्ट्रेलिङको लाइन मिलार अत्याधिक मुल्यमा बिक्री गर्न, र अर्को जो  नेपाल देशको अस्तित्व नै समाप्त पार्न खोजिरहेको शक्तिहरुले नेपालका नागरिता बोकेका तर आफू नेपाली हुनुको आस्तित्व बिर्सेर  अरुनै देशको भत्ता खाइ नेपाल विरुद्ध नै काम गर्नेहरु चोकचोकमा बसेर लकडाउन हुनुपर्छ भनेर हल्ला गरिरहेको देखिन्छ ।



अब पनि लकडान भयो भने के हुन्छ  ?
सर्व साधारण नागरिकहरूले ७ महिनाको लामो सक्रमणकाल गुजारिसकेका छन। धेरै जति साना ब्यवसाय गर्दै आएका ब्यवसायिहरु  केही समय अगाडी खुलेको बजारमा थोरै भएपनि आसा पालेर निरास भएका मनहरु बिस्तारै उत्साह भर्दै  छन् । सबै नेपालीहरुमा आसा पलाउन थालेको छ। कोरोना रोग सतर्क अपनायो भने सजिलै जित्न सकिन्छ भन्ने पनि मानिसमा ज्ञान भैसकेको छ।

नेपालका प्रधानमन्त्रीले समेत त्यतिबेलै भन्नुभएको थियो कोरोना बेसार पानी, तातोपानी नियमित सेवन र सामान्य ब्याम गर्दा कोरोना हाम्रो सरिरमा प्रवेश नै गर्न पाउदैन । जुन बेला देशको लागि लकडाउन आवश्यक नै थिएन। प्रधानमन्त्री वरिपरि रहेका सल्लाहकारहरुलाइ प्रभावित पार्नेगरी हल्ला फिजाएर  त्यतिबेला पनि लकडाउन लगाउन बाध्य पारेको थियो।
जसको करण नेपाली अर्थतन्त्र उठनै नसक्ने गरि सुतेको छ।

त्यही समुहले बिस्तारै उठन लागेको नेपाली मनोबललाइ पुण: सुताएर नेपाल देशलाई सधैको लागि समाप्त पर्न खेल खेलिरहेको छ। त्यो माफियाको जालो तोडनुपर्छ । सच्चा देशभक्त सरकार हो भने।
लकडाउन किन आवश्यक छैन ?

दिनदिनै भोकमरी बढेर गएको छ। लकडाउन यो भन्दा अगाडीको घटनाले सामान्य गरिखाने बर्ग जो आजको काम गरेर आजै खाने मजदुर , साना तिना पसल गरेर जिविकोपार्जन गर्ने पसले, जसको गाउघरमा जग्गा जमिन पनि छैन, त्यसपछी मध्य बर्गिय परिवार जो कोइ बिदेश्मा छन उनिहरु अफ्नै देश आउन सकिरहेका छैनान। नेपाल भएकाहरूले स्वदेशमा लगानी गरेर काम गरिरहेकाहरुको लगानी खेर गएको सम्झेर निराश हुनको साथसाथै बिस्तारै भएको अर्थिक खाध्यन्न सकिदै गएको अवस्थामा  उपल्लो बर्ग जो सबै ठाउमा पहुच राख्ने बर्गलाई भने त्यो लकडाउने छोएको थिएन ।
मध्यम बर्गले अफैलाइ ग्लानी गर्न थालेका छन ।
त्यो पहिलो लकडाउनको झ्ल्को हो ।

त्यो समय हेर्दा लाग्थ्यो अब उच्च- ओहोदामा बसेका उच्च धनाढ्यहरु मात्रै नेपालमा छ्न जस्तो ! किनकी उनीहरुले प्राइभेट गाडीमा हिडन पाउथे, उच्च पहुच भएका कारण पास हुन्थ्यो । पास मिलाउने ठाउमा उनीहरुको मान्छे हुन्थे ती गरिब, असाय, मजदुरको बिजोग हुदा समेत अफ्नो घर जान्छु भन्दा यातायात आफ्नो थिएन खुट्टामा फोका उठने गरि हिडेर जादाको बिजोग को कथा दिखिसाध्य थिएन ।

तर गाउपालिकाका अध्यक्ष , वडा अध्यक्ष , मेयर सासदका लगानीमा चलाइएका भाडाका यातायातले ५०० लाग्ने दुरिको भाडालाइ एकजना बराबर ५००० हजार सम्म लिएर कमाउने अवसर बनाएका थिए ।
त्यसैले यो लडाउन सामान्य नागरिक जो गरिखाने बर्ग छ त्यो बर्गले मात्र पालना गरिरहनु परेको हुनाले आवश्यक छैन । देखिदैन ।
आफू सुरक्षीत हुने अनावश्यक काम नभएको मानिस यस्तो बेलामा कोहि पनि निस्कदैनान मर्न कस्लाइ रहर हुन्छ र। तर भोकै मर्न लागेकाले काम गरेर खान्छ भन्दा उसको अधिकार कुस्ठित गर्नु हुदैन ।
आखिर कोरोना एउटा जरो जस्तो न रहेछ । लागि हालेपनी केही समयपछि ठिक हुदोरहेछ।
नेपालका थुप्रै मानिसहरूलाई लागेर पनि बिशेक भैआक्यो । त्यसकारण ती माफियाहरुले परिचालित गरेका भाडाका समुहले लकडाउन लगाउनुपर्छ भन्दै हिडेका छन । यो नेपाल बिरोधी काम हो । नेपाललाइ लकडाउनले नोक्सान पुर्याउछ। सरकारले अध्ययन गरोस ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend