logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

राप्रपा नेपालले पार्टी कोषको रकम १० प्रतिशतबाट सुरु गरि ५० प्रतिशतसम्म सामाजिक काममा खर्च गर्ने

नारा ः कोहि पनि भोकले नमरुन


  • जन आकाश
  • सोमबार, असोज २६ २०७७

काठमाण्डौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले असर गरिरहेको बेला कोहि पनि भोकले नमरुन भन्ने नारा लिदैँ , राप्रपा नेपालले आफनो पार्टी कोषको १० प्रतिशत रकम सामाजिक काममा खर्च गर्ने भएको छ । सामाजिक कामका लागि अहिले सम्म कुनै पनि राजनितिक दलले यसरी आफनो कोषको रकम छुटाएको थिएन । हिजो मात्रै राप्रपा नेपालले बालाजु परोपकार समाजमा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न वितरण गरेको छ । भने साँखु स्थित द्धन्द्ध पिडित तथा अपांग समाज नेपालका अनाथ र अपांगहरुलाई खाना खुवाई राहत वितरण गरको छ ।



आज पनि भ्यालीका विभिन्न स्थानहरुमा अनाथ र अपांगहरुलाई राहत बाँड्ने तयारी भईरहेको अध्यक्ष तामाङबाट जनआकाश मिडियालाई जानकारी प्राप्त भएको छ । तामाङ भने राजनिति सँगसँगै समाजसेवा गर्न जरुरी छ । यो हाम्रो पहिलो सुरुवात मात्रै हो । अहिले हाम्रो पार्टी सानो छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । सामाजिक कामका लागि हाम्रो पार्टीले १० प्रतिशत बाट सुरुवात गरि ५० प्रतिशत सम्म रकम खर्च गर्ने योजना बनाएको छ ।
राप्रपा नेपाल राजतन्त्र पुनःस्थापना हुनुपर्छ भनेर माग उठाउदै आएको पार्टी हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend