जन आकाश
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र हगामा मच्चिएको छ । अविश्वास प्रस्तावबारे दुई अध्यक्ष बीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादबारे ओलीसँग वास्तविकता के हो भनेर बुझ्ने प्रयास गरेका थिए ।
स्रोतका अनुसार ओलीले विवादबारे प्रष्ट नपारेपनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको कुरा भने स्वीकार गरेका थिए । भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डको उक्त धारणाप्रति ओलीले ठोस जवाफ नदिएको बुझिएको छ ।
कर्णालीको घटनाले राम्रो सङ्केत दिँदैन । यसले पार्टी एकताको भावना पनि समेट्दैन । कि त्यसरी मुख्यमन्त्री फेर्ने हो भने समग्रतमा सल्लाह गरेर सबैतिर परिवर्तन गरौँ,’ प्रचण्डले ओलीसँगको कुराकानीमा भनेका थिए ।
‘कहाँ केके गर्ने हो समग्रतामा छलफल गर्नुपर्छ । एउटालाई हटाउने अरुलाई राख्ने गर्दा राम्रो हुँदैन’, प्रचण्डको भनाई थियो । सोमबारको दुई नेताबीचको भेटवार्तामा अन्य विषयमा कुनै छलफल नभएको बुझिएको छ ।
नेकपाको बिवाद बिस्तारै भुसको आगो जस्तै सल्किदै गएको छ । केपी शर्मा ओलिलाई बिस्तारै समस्या पदै गएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend