जन आकाश
काठमाडौं । नेकपा (माले ) सहित २१ दलले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् । कोभिड १९ को मापदण्डको पूर्ण पालना गर्दै दिनको १ बजे विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
२१ राजनीतिक संगठनहरुले एमसीसीको खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै विरोध प्रदर्शनको आयोजना गरिन लागेको नेकपा(माले) पार्टीक स्थाई कमिटी सदस्य कृष्ण रानाले जानकारी दिनुभएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७.नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११.राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५.एमसीसी खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७.सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९.नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल) र २१. ने.क.पा. (माओवादी) रहेका छन् ।
नेपालमा राणा बिरुद्धको आन्दोलनमा जसरी पुष्पलालले संयुक्त आन्दोलनको घोषणा गर्ने गरेका थिए आज पनि त्यस्तै आन्दोलन गर्ने पुरानै चलन पार्टीहररुमा देखिन्छ । सायद कम्युनिष्ट पार्टीहरुमा धेरै जति बृद्धाबृद्धा नेताहरु भएर पनि होला तर झण्डै दुईबर्ष अगडी चारवटा पार्टीवाट शुरु भएको संयुक्त आन्दोलनले अहिले सम्म मुर्त रुप लिन सकेको छैन । सरकारलाई सचेत गराउने काम भने गरिरहेको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend