जन आकाश
काठमाण्डौँ ः
कोरोनाको महामारीका कारण हाल लाखौँ जनता भाकको कारणले गर्दा छटपटिरहँदा सरकार भने मौन छन् । तर राप्रपा नेपालले आफनो कोषको १० प्रतिशत रकम सामाजिक कामका खर्च गर्ने भन्दै अनाथ आश्रम , वृद्धा आश्रम लगायत असाहयहरुको घरघरमा गई राहत वितरण गरिरहेका छन् । नेपालमा राजनितिक दलले यस्तो अभियान संचालन गरेको यो पहिलो पटक हो । प्राय जसो कुर्सीको खिचातानिमा व्यस्त रहने राजनितिक दल र तिनका नेताहरुले सामाजिक काममा हात लाउनु भनेको पश्चिमबाट घाम उदाउनु जस्तै भईरहेको बेला राप्रपा नेपालले भने सामाजिक कामलाई बढि महत्व दिदैँ आईरहेको छ । राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङ भन्नुहुन्छ ः एक राजनितिज्ञ धर्माति साथसाथै समाजसेवी हुन जरुरी छ । समाजसेवा नै राजनिति हो । पार्टी कोषमा जम्मा भएको १० प्रतिशत रकमबाट सुरु गरेको कोहि पनि भोकले नमरुन अभियान अन्र्तगत ५० प्रतिशतसम्म रकम हामी समाजिक काममा खर्च गर्नेछौँ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend