logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

कांग्रेसद्धारा सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन


  • जन आकाश
  • सोमबार, कार्तिक ३ २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।



कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौं ।’

नेता खाँणले अगाडि भने, ‘फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।’

देशमा सक्रमणले सवै नेपालीहरुमा त्रास फैलिरहेको बेला संसदले दशै भत्ता लिएको बिषयमा चौतर्फी बिरोध भईरहेको छ । त्यसकारण धेरैजति संसदहरुले भत्ता फिर्ता गर्न लागेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend