logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बिभिन्न संस्था र ट्राफिक प्रहरीको संयुक्त सायता कक्ष सञ्चालनमा


  • जन आकाश
  • सोमबार, कार्तिक ३ २०७७

काठमाडौ । उपत्यकाका ११ विभिन्न स्थानहरुमा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपालप्रहरी, यातायात व्यवस्था विभाग, नाडा, सिप्रदी र सिप्रदियन सहायता संस्थाको सहकार्यमा यात्रु सहायताकक्ष सुरु भएको छ ।



सिप्रदी ट्रेडिङ्ग प्रा.लि.र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौँ महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्नठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु भएको छ ।

सामाजिक दुरी कायम गर्दै गोंगबु बसपार्कमा आयोजित सहायताकक्ष हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका तर्फबाट रजत श्रेष्ठ, टाटा मोटर्स कमर्शियल गाडीका तर्फबाट सुरज सिंह, यातायात व्यवस्था विभागका तर्फबाट केशव जम्मरकट्टेल, लगायत महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका तर्फबाट कर्मचारी प्रतिनिधिहरु उपस्थित हुनुहुन्थयो । उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनि टाईजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरिएको छ ।

गतवर्षभन्दा यो वर्ष दशैं मनाउनको लागि उपत्यका छोड्ने यात्रुहरुको अनुमान कम गरिएको भएपनि, जाने यात्रुहरुलाई टिकट बुकिङका क्रममा बिभिन्न खालका समस्याहरु भोग्नु नपरोस भनेर यो यात्रु सहायता कक्ष राखिएको सिप्रदियनका प्रतिनिधिले बताउनु भएको थियो । उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने र बस चढ्ने बेलामा समस्याहरु यात्रुहरुले भोग्नुपर्ने गुनासो आइरहेकोले यसलाई न्युनिकरण गर्ने उदेश्यले सहायताकक्ष संचालन गरिएको ट्राफिक कार्यलयले जानकारी दिएको हो ।

साथै, एउटै सिटको टिकट धेरैलाई विक्रि गर्ने र बसका कर्मचारीबाट अनुचित व्यवहार भोग्नुपर्ने जस्ता समस्या विगतमा दर्ता गरिएका थिए । त्यसैले, यस्ता अप्रिय अवस्था रोक्न, यात्रु सहायता कक्ष शहरका विभिन्न स्थानहरुमा स्थापना गरिएका छन् । यात्रु सहायता कक्षहरुले निश्चित टिकट दरको बारेमा जानकारी उपलब्ध गराउने र गुनासो सुन्ने गरेका छन् हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् ।

यसको साथै यो वर्ष कोरोनाको महामारीको जोखिम र चुनौतीलाई मध्यनजर गर्दै प्रतिरोधको व्यवस्थापनका सुचना पनि यो कक्षबाट दिने तयारी गरिएको छ । त्यसैले आवतजावतको क्रममा सामाजिक दुरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने र स्यनिटाइजरको प्रयोग जस्ता सुचना यो कक्षबाट प्रदान गरिने भएको छ ।

यी सहायता कक्षहरुमा यात्रा दूरीसहित टिकटको मूल्यको साथै कोरोना नियन्त्रणको विषयमा जानकारी पनि राखिएको ट्राफिक कार्यलयले जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend