जन आकाश
समाजको विभिन्न क्षेत्र तथावर्गलाई सहयोग गर्ने उदेश्यले स्थापीतयुवाहरुको समुह चौतारी युवा समुहद्वारा अपाङ्गंता भएका मजदुर भोज बहादुर मगरलाई यसै समुहका सदस्य लगायत विदेशमा रहनुभएका सम्पुर्ण सहयोगी हातहरुले मुठी मानो गर्दै , निज मगरको उपचार, तथा, उनको साना नानीहरुको अध्ययनमा सहयोग पुरयाउने उदेश्यले आर्थीक सहयोग गरेको छ । हालसम्म ६ लाख ४० हजार रुपैया अपागं भोज बहादुर मगरलाई हस्तान्तरण गरेको उक्त मुठी मानो अभियानका अभिथन्ता , चौतारी युवा समुहका अध्यक्ष रोशन दवाडीले वताउनु भयो ।
चौतारी युवा समुहद्वारा विगतका समयमा पनि विभिन्न विपती, समाजका पिछडीएका क्षेत्र , युवाहरुमा समाजीक उत्तर दायीत्व, लगायतका क्षेत्रहरुमा काम गर्दे आईरहेको र आउदा दिनहरुमा पनि उक्त कार्यलाई निरन्तरता दिदै जाने कुरा अर्का अभियन्ता राधाकृष्ण प्याकुरेलले वताउनू भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend