जन आकाश
काठमाडौं ।
पुर्व राजा ज्ञानेन्द्रले यहि ६ गते देश र जनतालाई बिजया दशमी, दीपावली, छठ लगायत नेपालीहरुको महान चाडको उपलक्ष्यमा शुभकामना दिनुहुदै देशमा संकटकालीन घढीमा जिम्मेवार निकायले ब्यवस्थापन गर्न नसक्दा अबिभावक बिहिन भएर जनताहरु टुहुरा जस्तै बनेको जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनु पर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्ति यसप्रकार रहेको छ
प्यारा नेपाली दिदी बहिनी तथा दाजू भाइहरू, विश्व मानव जगतले असहजता र कठिनाइको सामना गरिरहेको स्थितिमा नेपालीहरूको महान चाड विजया दशमीको आगमन भएको छ । हर्षोल्लासका साथ विजया दशमी मनाउन सकिने अवस्था नरहे पनि हामी देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरूमा सूख, सस् ूवास्थ्य, शान्ति र सम्मृद्धिको लागि शूभकामना व्यक्त गर्दछौं । प्राकृतिक विपत्ति मनाव वशको कूरा नभएको हामी सबैले बझेका छौं तर विपत्तिसंग भिड्दा नागरिक जीवन सहज र सूरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तूत हून नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ । जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बांच्ने आत्मबोध सबैमा हुनुपर्दछ । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हून्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टूहूरा बनेको पीडाबोध यति बेला हूंदैछ । हाम्रो आहार बिहार, आचार बिचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्धति प्रणाली हाम्रै प्रकृति र संस्कृति अनूरूप हूनू पर्दछ । अनि मात्रै हामी स्वस्थ, सूखी, शान्त, सूरक्षित र सम्मृद्ध हुन सक्दछौं । आपसी समन्वय, सदभाव र सहकार्यलाई छोडेर जब हामी व्यक्तिवाद, समुहबाद तर्फ उन्मूख हून्छौं तब स्थिर, सूदृढ र सन्तोषजनक राष्ट्रिय परिणाम प्राप्त हून सक्दैन । विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भने देश भित्र उनीहरूको श्रम, शिप र सामथ्र्यको सदूपयोग गर्ने कूनै बन्दोबस्त भइरहेको छैन । त्यसैले देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । राहत, रोजगार र रोगको उपचार खोज्दै भौत्ँँरिएका जन समुहलाई भरपर्दो आड आधारको आवश्यकता महशूश गराउन सकिएको छैन । त्यसैगरि दैनिक जीविकाको अत्यावश्यक वस्तूको मूल्य बृद्धि, अभाव र गूणस्तरीयतामा ह्रास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ । अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति ब्ढदो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशूरी र भष्माशूरी प्रवत्तिबाट उन्मूत्ति चाहिरहेका छन् । नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बांचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसँग सधैं हामीले गर्दै आएको यही आग्रह हो । श्री नवदुर्गा भवानीले त्यही दिव्य शक्ति, राष्ट्रभक्ति र आत्म प्रवृति तर्फ लाग्न हामी सबैलाई प्रेरेणा प्रदान गरुन् । जय नेपाल ।
२०७७ साल कार्तिक ६ गते
बिज्ञप्तिको सार
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend