जन आकाश
मोहन कार्की
काठमाडौं । आज फ्रेन्डस् फर लाईफ फाउण्डेशनले काठमाडौको तारकेश्वर नपा ३ मा रहेको मातृ नेपाल बाल गृहलाई बिजया दशमीको अवसर पारेर सहयोग गरेको छ ।
फ्रेन्डस् फर लाईफ फाउण्डेशनकी अध्यक्ष संगीता बलामीको नेतृत्वमा गएको १३ जनाको प्रतिनिधि मण्डलले मातृ नेपाल बाल गृहमा रहेका ४७ जना बालबालिकालाई आवश्यक खाद्यन्न, स्टेशनरी, तेल, दाल, बिस्कुट, लगायतका सामग्रीहरु मातृ नेपाल बाल गृहका अध्यक्ष नर बहादुर राउत र कोषाध्यक्ष कल्पना सिलवाललाई हस्तान्तररण गरेका हुन् ।
कार्यक्रममा बिजया दशमीको शूभकामना सहितकोे धुन बजाएर केक काटेर प्रारम्भ गरिएको थियो । कार्यक्रममा फ्रेन्डस् फर लाईफ का स्वयम सेवकहरुको उपस्थितिमा मातृ नेपाल बाल गृहका पदाधिकारीहरु बालबालीकाहरु दशै गीतमा रमाएका थिए ।
यसैगरी प्रत्येक बर्ष मातृ नेपाल बाल गृहलाई सहयोग गदै आएको संस्थाकी अध्यक्ष संगीता बलामीले बताउनु भयो र आउदा दिनमा अझै धेरै सहयोग गर्ने बचन दिनुभयो ।
सहयोगको लागि मातृ नेपाल बाल गृहका अध्यक्षले प्रत्येक तीन बर्ष देखि दशैको अवसरमा यस संस्थामा रहेका अबिभावक बिहिन चरम गरिबीको रेखामुनि रहेका छोेराछोरीहरुलाई शिक्षा, लालन, पालन गर्न यस्तै सहयोगी हातहरुले हौशला मिलेको बताउनु भयो । २०५८ सालमा स्थापना गरेर निमुखा बालबालिकालाई हुर्काउदै पढाउदै आएको मातृ नेपाल बाल गृृहले पढाएको बिद्यार्थी १२ पास गरेर लोेकसेवा वाट सुब्बामा नाम निकाल्न सफल भएको बताउनु भएको थियो । त्यो सफलता यस्तै थुप्रै सहयोगी हातहरुको सहायतावाट नै सम्भव भएको सम्बोधन गर्ने क्रममा बताउनु भएको थियो

फ्रेन्डस् फर लाईफ फाउण्डेशन संस्था २०७५ मा स्थापना भएको संस्था हो यो संस्थाले समाजमा गर्ने कार्यक्रमको सामाजिक सञ्जाल मार्र्फत सूचना प्रर्वाह गरेर सवैमा आवाहान गर्ने गर्र्छ र रकम, सामग्री जम्मा गरेर बिभिन्न क्षेत्रमा बिपत्तमा परेका गरिब, असाय, अनाथ, अन्य कुनै पीडित पक्षलाई सहयोग गर्ने गर्छ ।
स्मरण रहोस यतिवेला मानिसहरु आ– आफ्नो घरमा दशै मनाईरहेको बेला फ्रेन्डस् फर लाईफ फाउण्डेशले समाज सेवामा पु¥याएको योेगदान तारिफ गर्न लाईक छ । यसैगरी नेपालमा खुलेका संघ, संस्थाले समाजप्रति यतिकै जिम्मेवार भएर काम गर्ने हो भने सडकमा कुनैपनि मानिस भोकले भौतारिएको र बालबाििलका टोेलाएको देख्न पर्ने थिएन होला !
जन आकाश मिडियाले राम्रो कार्य गर्ने संघ, संस्था, ब्याक्तिहरुको प्रोत्साहन गदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend