जन आकाश
पोहोर जस्तै दशै यसपाली नि आयो
कोरोनको महामारीले संत्रास ल्यायो
नेपालीका खुशीहरु यसपालीलाई गयो।
घर घरमै बसेर दशै मनाउने दिन आयो ।।
सामजिक दुरी कायम गरी
टिका थाप्ने चलन आयो ।।।
मोहन कार्की
नेपालीहरुको महान चाड बिजया दशमी यो बर्ष पनि सवैको घर आँगनमा प्रवेश गरिसकेको छ । सम्भव हुने जतिले दशैको तयारी गरिसकोका छन् । तर गएको बर्ष भन्दा यो बर्ष दशै नेपालीहरुका लागि त्यति उत्साहजनक छैन । बिश्वमा त्रासको रुपमा रहेको कोरोनाले नेपालमा पनि केही असर पारेको हुदा नेपालीहरुको जीवन यापनमा नै समस्या परेको र कोरोनकोे संत्रासले अझैपनि सताईराखेको छ । त्यसकारण नेपालीहरु एकठाउँवाट अर्कोठाउमा जान खुलेर सकिराखेका छैनन् । यि कारणहरुले गर्दा नेपालीहरुको महान चाडा बिजया दशमी बिगतमा जस्तो त्यति उत्साह जनक देखिदैन ।
नेपालीहरु बिजया दशमीको अवसर पारेर आफन्त नाता, कुटम्ब, आफुभन्दा ठुला मान्यजनको हातवाट टिका थापी आशिरबाद लिने चलन छ । यो अवसरमा सवै आफ्ना घर परिवारसँग सँगै बसेर रमाउने हाशीखृुसी बाडीचुडी जे जस्तो छ खाने र सवै बर्षभरीका दुखःहरु बिर्सने गर्दछन् ।
साना नानीहरुको त दशै झनै रमाईलो हुने गरेको हुन्छ । मामा घर जाने नयाँ नयाँ कबडा बाबा आमालाई किन्न लगाउने मेरो यति टिका थापेको दक्षिणा भयो भनेर साथीभाईमा खुशी साटसाट गर्ने, लठ्ठेपिङ, रोटेपिङ खेल्ने, जस्ता चलनले नयाँ पीडिका युवाहरुलाई समेत नेपालीहरुको महान चाड बिजयाँ दशमीले सदभाव, एकता धार्मिक सहिष्णुतामा जोड्ने संस्कारको रुपमा लिदै आएको छ ।
शरही परिवेशमा हुर्केका युवायुवतीलाई भने रमाईलो मेला, ब्यापारमेला, लत्ता कबडा किन्न सपिङ मलहरुमा जाने गर्ने गर्दछन् र नवदुर्गा भवानीको पुजा अर्चना गरी नवरात्रीपछि बिजया दशमीको दिन टिका थापेर आ–आफ्नामा गई टिका पुर्णिमाको दिनसम्म लगाउने चलन छ ।
त्यसको अलवा धार्मिक रुपमा पनि असत्यमाथि सत्यको बिजय मानिने दशै पर्वलाई धार्मिक पराम्पराको राम्रो संस्कारको रुपमा लिइदै आएको छ । यस्ता संस्कारले नेपाली समाजलाई पनि नैतिक शिक्षा प्रदान गदै आएको छ ।
त्यसो हुदाहुदै पनि कुनैवेलाको नेपालमा माओवादीको द्धान्द्धकालले त कहिले महाभुकम्पले त कहिले कोरोनाले यो महत्वपुर्ण चाडलाई पनि प्रभावित पार्ने गरेको छ । यो बर्ष त झनै सवैभन्दा प्रभावित भएको छ । यो असत्यमाथिको सत्यको बिजयको रुपमा महान चाड बिजया दशमी नेपाल र नेपालीको लागि यो बर्षको कोरोनाको संकटलाई पार गर्ने बिजया दशमी हामी सवैको लागि बनोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend