logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप काठमाडौ सिर्जनसिल समाज”द्वारा सहयोग प्रदान


  • जन आकाश
  • आइतबार, कार्तिक ९ २०७७

 



रामेछाप। “रामेछाप काठमाडौं सिर्जनसिल समाज” संस्थाले मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राकाे सभा हलमा “एकल महिला तथा विपन्न ” १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण गरेको छ।

“सामाजिक एकता प्रवर्द्धन गर्दै सुशासनयुक्त समृद्ध समाज निर्माण गराैँ, एकताबद्ध उन्नत प्रयासद्वारा सामाजिक सेवा र मानवीय हित अभिवृद्धि गराैँ” भन्ने मुल नाराका साथ २०७३ साल कात्तिक १३ गते रामेछाप स्थायी घर भई विभिन्न सिलसिलामा जिल्ला बाहिर रहेका युवाहरुकाे आैपचारिक भेलाबाट गठन भएको यो संस्थाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस वर्ष पनि काेभिड -१९( काेराेना भाइरस)लाई मध्यनजर गर्दै वृहत् कार्यक्रम गर्न नसकेपनि एकल तथा विपन्न महिलाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको संस्थाका संयोजक कृष्णहरी बुढाथोकीले जानकारी दिनुभएको छ।

सिर्जनसिल समाजले गरेको खाद्यान्न वितरण सहयोग कार्यक्रममा प्रति व्यक्ति ३० केजी चामल (१ बाेरा) ,१ केजी नुन, १ केजी चिनी , १ केजी दाल र १ लिटर तेल रहेको थियोे ।

वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीकाे नेतृत्वमा समाजले एकल तथा विपन्न महिलाहरूकाे नामावली छनाेट गरेको थियोे ।

मन्थली नगरपालिका वडा नम्बर १२ का २० भन्दा बढि एकल तथा विपन्न महिलाहरुकाे नाम सुचि तयार गरिएपनि कार्यक्रममा उपस्थित १६ जना मात्रै उपस्थित भएका थिए उपस्तिथि भएकाहरूलाई खाद्यान्न वितरण गरिएको र वडामा थप त्यस्ता ब्यक्ति काेहि भए पुनः समेटेर खाद्यान्न वितरण गरिने समाजका संयोजक  बुढाथोकीको भनाइ रहेको छ।

उक्त कार्यक्रमका लागि केही आर्थिक सहयोग समाजका समाजसेवीहरुबाट सहयोग प्राप्त भएको र बाँकी रकम संथाका आजीवन सदस्यहरुकाे ट्रस्टबाट प्राप्त ब्याज रकमबाट खर्च गरिने समाजका संयोजक बुढाथोकीले जानकारी दिनुभयो।

वडा प्रतिनिधि एवम् ,कार्यक्रमका प्रमुख अतिथि लिला बहादुर बुढाथोकी र समाजका संयाेजक कृष्णहरी बुढाथोकीले संयुक्त रुपमा एकल तथा विपन्न महिलाहरूलाई खाद्यान्न वितरण गर्नुभएको  थियो।

उक्त कार्यक्रममा वडाका एकल तथा विपन्न महिलाहरु मध्ये कृष्णा कुमारी बुढाथोकी ,हीरादेवी मिजार,मनमाया बुढाथोकी ,छत्रमाया भुजेल,जानुका भुजेल,मान कुमारी पाण्डे ,विष्णुमाया सार्की ,नन्द माया खत्री ,कल्पना पहरी ,ठुलिमाया पहरी ,मैया चाैहान, दिल कुमारी खत्री ,निरुता भुजेल,रत्नमाया मिजार,राधे मिजार र मिना कार्की सहित १६ जनाकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रममा रामेछाप काठमाडौ सिर्जनसिल समाजका संयोजक कृष्णहरी बुढाथोकी , समाजसेवी कर्ण बहादुर पाण्डे ,सिर्जनसिल समाजका आजीवन सदस्य तथा श्री माध्यमिक विद्यालय सिक्रालका प्रअ पवनराज खड्का ,संस्थाका आजीवन सदस्य तथा प्रमुख सल्लाहकार लवहरी बुढाथोकी र वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीले आफ्नो मन्तव्य राखेका थिए।

सिर्जनसिल समाजका आजीवन सदस्य तथा पत्रकार प्रविण अधिकारीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा प्रमुख आतिथ्यता वडा प्रतिनिधि लिला बहादुर बुढाथोकीकाे रहेकाे थियोे भने विशेष अतिथिका रुपमा समाजका प्रमुख सल्लाहकार,आजीवन सदस्य तथा समाजसेवी लवहरी बुढाथोकी रहेका थिए। त्यस्तै अतिथिहरुमा समाजका आजीवन सदस्य एवम् श्री माध्यमिक विद्यालय सिक्राल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुसहरी बुढाथोकी , समाजका सदस्य ध्रुव ,बुढाथोकी ,समाजकी सह-संयोजक सुमना बुढाथोकी ,दिपक गम्भीर सिंह अधिकारी ,दामाेदर पाण्डे ,पुर्षोतम बुढाथोकी ,रामहरी बुढाथोकी ,भालु वतासे सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर बुढाथोकी लगायतको आतिथ्यता रहेको थियोे ।

स्मारण रहोस काठमाडौमा रहेर पनि रामेछापको जन्मभुमिलाई सधैं माया गर्ने कृस्णहरी बुढाथोकी  लगायत रामेछाप काठमाडौ सृजनशिल समाजलाइ धन्यवाद दिनैपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend