logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

२०७७ सालको बिजया दशमीको साइत १० बजे


  • जन आकाश
  • सोमबार, कार्तिक १० २०७७

काठमाडौ ।
नेपालीहरुको महान चाड बिजया दशमी आज प्रत्येक नेपालीहरुको घर घरमा खुशियालीका साथ मनाईदै छ । आजको टिकाको साईत १० बजे अत्ति उत्तम रहेको पञ्चाङ निर्णायक समितिले जनाएको छ । तर दिनैभरी साइत उत्तिक्कै राम्रो रहेको पनि उल्लेख छ ।



गएका बर्षहरु जसरी आफुभन्दा ठुलाबढाका गएर टिका लगाई आर्शिवाद थाप्ने चलन थिये यो बर्ष कोरोना रोगको त्रासले मानिसहरु आ–आफ्नो घरमा बसेर मनाई रहेका छन् । काठमाडौ उपत्यकामा मानिसहरु आवत जावत त्यति गरेको देखिदैन ।

चेलिबेटी ज्वाई चेलाहरुको लागि त कोजागत पुर्णिमा सम्म टिका लगाई दशै मानिदै आएको छ । यो बर्ष त्यस्तो हुने सम्भावना निक्कै कम रहेको देखिन्छ ।
जाहा जुन ठाउँमा भएपनि नेपालीहरुले यो सवैको सदभावपुर्ण पर्वलाई खुशियालीको पर्वको रुपमा खुशि साटासाट गरेर मनाउदै छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend