जन आकाश
काठमाडौ। नेपालमा बितेको २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ३०३८ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् ।
हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९०४ पुगेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend