logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बिश्व हिन्दु महासंघको शुभकामना कार्यक्रम सम्पन्न


  • जन आकाश
  • शनिबार, कार्तिक १५ २०७७

सप्तरी । सप्तरीमा  विश्व हिन्दू परिषद नेपाल, सप्तरीले बिजया दशमी, शुभ दिपाबली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदले कार्तिक १४ गते शुक्रबार सप्तरी, कठौना स्थित जिल्ला कार्यालयमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि विहिपका नेपाल संस्थापक सदस्य राम नारायण ठाकुर, विशिष्ट अतिथि राष्ट्रिय सचिव विजय सिंह, गौरक्षा प्रमुख मुरली मनोहर चौधरी, जिल्ला अध्यक्ष राम किशुन साह लगायत जिल्ला समितिका पदाधिकारी, आजिवन सदस्यहरु एवं स्थानीय कार्यकर्ताहरु समेत उपस्थित भई नेपालीहरुको महान चाड बिजया दशमी भरखरै सकिएको र शुभ दीपावली नजिकै आएको साथै छट पर्वको तयारी भईरहेको अवसरमा सम्पुर्ण हिन्दु धर्मलम्बिहरुलाई परिषदको तर्फवाट शुभकामना ब्याक्त गरिएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend