logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

थापाथलीमा बिकाश गर्ने अभियाँनलाई फेरी अवरोध


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०७७

 



काठमाडौं । नेपालको बिकाशमा नेपालका अवरोध त छदैछन् । बिदेशका अवरोध समेत हुने गरेको धेरै पहिला हामीले तिलगंगा अस्पताल अगाडीवाट बनको बीचभागवाट छिचलेर गुहेश्वरी ढल प्रशोधन केन्द्र सम्म बाटो निकाल्दा नेपालका केही मानव अधिकारवादीले बिरोध गरेर काठमाडौको चक्रपथमा हुने जाम घटाउने बैकल्पिक मार्ग रोकेको सवैलाई थाहा नै छ । त्यसमा नेपालका नेपाली मात्र नभएर युनुस्को समेतले चासो देखाएको थियो । जुन नेपालको बिकाशमा नेपालका नेपालका नेपाली मात्र होईनन् बिदेशका संघ, संस्था समेत लाग्छन् भन्ने प्रमाण हो ।
त्यस्तै नेपालको धेरै जाम हुने मध्यको ठाउ हो थापाथली जुन पुलमुनिवाट बाटो बिस्तार गरेर काठमाडौ उपत्यकाको भित्री भागलाई जाम कम गर्न सकिन्छ । त्यहा सुकुम्बासीका नाममा अवरोध हुदै आएको थियो । बाबुराम प्रधानमन्त्री कालमा त्यहाका सुकुम्बासीलाई सुन्दरीघाटमा ब्यवस्थापन गर्ने गरी भएको काममा बिभिन्न अवरोध भएको थियो । त्यसको केही हदसम्म ब्यवस्थापन भएपनि अहिले पुनः काम अगाडी बढेको छ । यो साह्रानीय काम हो । तर फेरी बिकाश बिरोधि अभियाँन शुरु भएक छ ।
कालमोचन घाटको क्षेत्रमाा एउटा घरको बिवादले निर्माणको काम रोकिएको छ ।

थापाथली पुलको मुखैमा रहेको घर आफ्नो भएको भनेर एकजना मानिसले दावी गरेपछि निर्माणको काम प्रभावित भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको बागमती नदी किनार सुधार परियोजनाअन्तर्गत काम गर्ने क्रममा व्यक्तिले दावी गरेको संरचनामा पुगेपछि काम रोकिने अवस्थामा आएको हो ।

समाधान खोज्न आइतबार बिहान वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकार, गुठी संस्थानका उपप्रशासक सरोज थपलिया, पुरातत्व विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारी र परामर्शदातासहितका अधिकारी भेला भएर स्थलगत अवलोकन गरे ।

यो संरचना व्यक्तिको हुने कुनै आधार नदेखिएको टोलीको ठहर छ । ‘थापाथली पुल बनाउँदा पुलको आकर्षण बढाउन बनाइएको स्तम्भको जगमा घर बनाइएको देखिन्छ । त्यो स्तम्भमा सिंहका मूर्ति राखिएको हुनुपर्छ । स्तम्भ कहिले भत्कियो र किन सम्भार गरिएन भन्नेचाहिँ खोजीको बिषय हो,’ उनले भने । संरचना हटाउनका लागि वडाबाट गर्नुपर्ने आवश्यक समन्वय र सहयोग गर्ने उनले बताए ।

गुठी संस्थानका उपप्रशासक थपलियाकाअनुसार यो ठाउँको १८८ नम्बरको एउटै कित्तामा २९ रोपनी जग्गा छ । त्यहाँ बैरागी र सन्यासीलगायतका अखडा छन् । त्यसमध्येको २ पैसा जग्गामा बनेको घरसहित व्यक्तिले लालपूर्जा लिएर स्वामित्वको दावी गरेको छ ।

मालपोत ऐन दफा २४ बमोजिम दर्ता बदर गरेर गुठीको श्रेस्तामा देखिए गुठीको नाममा र स्रेस्तामा नदेखिए सार्वजनिक जग्गाका रुपमा कायम गराउने प्रक्रियामा जानुपर्छ । यसैकारण काम भने रोक्न नपर्ने उनको उनको भनाइ छ ।

‘हामी गुठीको जग्गा भन्छौं । व्यक्तिले लालपूर्जा लिएर स्वामित्व दावी गर्नुहुन्छ,’ गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदी भन्छन्,’व्यक्तिमा स्वामित्व कसरी पुग्यो । खोजी गरिरहेका छौं ।’

यो घरको जगमा भएको संरचनामा प्रयोग गरिएका निर्माण सामाग्री हेर्दा व्यक्तिगत संरचनाको स्वरुप नदेखिएको पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीबले बताइन् ।

‘जगमा कुँदेका ढुङ्गाको पर्खाल छ त्यसमाथि दचि अपा (मौलिक इटा र स्मारक र सार्वजनिक संरचनामा धेरै प्रयोग हुने० को गारो छ । त्यो गारोको माथिल्लो भागमा पलि फोँ (बुट्टेदार इटा) राखिएको छ । सामान्यतया व्यक्तिगत वा आवासीय घर निर्माणमा यस्ता सामग्रीको प्रयोग हुँदैन,’ उनले भनिन्,’अझ यो त सम्पदा क्षेत्र हो । यी निर्माण सामाग्री हेरेर व्यक्तिको घर हो भन्न सकिँदैन । आवश्यक परे यसलाई उत्खनन गरेर अध्ययन गर्न पनि हामी तयार छौं ।’

थापाथली देखि टेकुदोभानसम्म एसियाली विकास बैङ्कको सहयोगमा ३ चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्म, दोस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभानसम्म र तेस्रो चरणमा टुकुचादेखि थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुननिर्माण तथा मर्मत सम्भार र नदी क्षेत्रको सुन्दरता बढाउन पूर्वाधार बनाइनेछ ।

परियोजनाको पहिलो चरणमा १२ वटा सम्पदाको पुननिर्माणसहितको काम करिब सकिने अवस्थामा पुगेको छ । दोस्रो चरणको काम थालिएको छ । यस चरणमा ११ वटा सम्पदाको पुनर्निर्माण गरिनेछ ।
ो छ ।
पुरातत्व अधिकृत भण्डारीकाअनुसार तेस्रो चरणमा थापाथली कालमोचन क्षेत्रका बैरागी अखडा, सन्यासी अखडासहितका ४ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । पहिलो चरणको काम करिब ३७ करोड रुपैयाँ, दोस्रो चरणको काम करिब ४० करोड रुपैयाँ र तेस्रो चरणको काम करीब ३५ करोड रुपैयाँ लागतमा अघि बढेको हो ।

‘सम्पदा क्षेत्रभित्र व्यक्तिको स्वामित्व दावी भएको अवस्थाबाट काम रोकिने अवस्था आउन दिँदैनौं । कानूनी र व्यवहारिक दुवै बिधिको उपयोग गरेर समस्याको समाधान गर्छौं,’ वडाका उपनिर्देशक रामप्रसाद पौडेले भने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend