logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गौरीशङकर माविले कक्षा ११ को परीक्षा कार्तीक २३ गतेदेखि सन्चालन गर्ने भएको छ


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०७७

 



राजन महतरा क्षेत्री
रामेछाप । रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयले यहि कातिक २३ गतेदेखि कक्षा ११ को परीक्षा सन्चालन गर्ने भएको छ ।

कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा यहि कार्तीक २३ गतेदेखि सन्चालन गरिने विद्यालय प्रशासनले एक सुचना जारी गरी जानकारी गराएको छ ।

विद्यालयले जारी गरेको सुचनामा यहि कार्तिक २३ गते बिहान ११ बजे देखी परीक्षा सन्चालन हुने बताइएको छ । विद्यालयमा अध्यनरत सम्पुर्ण नियमीत तथा आंसिक विद्यार्थीहरुले परिक्षामा सामेल भई स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । यदि परिक्षा छुट्न गएमा पुन परीक्षाको व्यवस्था नभएकाले विद्यार्थी स्वयं जिम्मेवार हुने प्रधानाध्यापक नीर बहादुर कार्कीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend