जन आकाश
आर्थिक संकटमा नागरिकहरु
बिदेशमा रहेकाहरु रोजगार बिहिन हुदै
काठमाडौ उपत्यकामा अपराध मौलाउदै
काठमाडौं । नेपालमा कोरोना संक्रमणको हल्लासँगै चहल पहलमा आएको मन्दीले नराम्रोसँग नेपाली जनजीवनलाई प्रभावित पारेको छ । नेपलीहरुको महान चाड २०७७ को बिजया दशमीको आसपासमा मानिसहरुले बोलेका गरेका संवादहरुलाई आधार मान्दा निक्कै कष्टकर बन्दै गएको अनुभव हुन्छ । उनिहरुको संवाद यस्तो थियो । मेरोत बिदेशमा गएको श्रीमान पनि काम छैन रे मैले गरिरहको कम्पनी पनि बन्द भयो । घरभाडा नतिरेको पनि ४÷५ महिना भईसक्यो दिनदिनै समस्याले पिरल्न लाग्यो भएको गर गहना पनि बेचेर काम चलाई सके बाकी अव केही छैन ।एकजना काठमाडौमा बसोबास गर्ने महिलाले अर्की महिलासँग गरेको संवाद हो यो ।सुन्दा सामान्य लागेपनि बिषय गम्भिर छ ।
यो त एउटा प्रतिनिधि पात्र मात्र हो । यस्तै समस्या धेरैजना बिदेश गएका परिवारको भईरहेको छ । बैदेशिक रोजगारमा गएका धेरै जतिको रोजगार गुम्दै गईरहेको छ । कम्पनीमा काम गर्ने कुनै एकजना कामदारलाई कोरोना संक्रमण भयो भने सवै कन्ट्रयाक्ट टे«शिङमा जानुपर्ने र सवैले काम नगरी बस्दा कम्पनीले भएजति सवैलाई तलब दिन नसक्ने हुदा तलव बिहिन अवस्थामा थुप्रै नेपालीहरु खाडी मुलुकमा अलपत्र अवस्थामा रहेका छन् । जो एकजना परिवारको कमाईले काठमाडौमा जसोतसो खर्च चलाउदै आएका परिवारमा यो समस्या जटिल बनेर गएको छ ।
काठमाडौ मात्र नभएर नेपालको हरेक क्षेत्रमा यतिवेला जनजीवन प्रभावित बन्दै गईरहेको छ । बजारमा बिभिन्न सामानहरुको अभाव हुन थालेको छ । भएका सामानहरु लुकाएर कालो बजारी गर्नेहरुले कालो बजारलाई प्रथामिकता दिएका छन् । यस्तै कालो बजारी गर्ने र अपराधिक मानसिकताका मानिसहरु भने काठमाडौ उपत्यकामा रमाईलो गरि बाचेका छन् । जो श्रम गरेर खाने समुदायको लागि निक्कै अप्ठ्यारो पदै गएको छ । यस्ता काम गरिखाने श्रमजीविको पक्षमा कोही छैनन् ।
नेपालमा कोरोनाको संक्रमणको हल्ला गर्न माफियाहरुले अझै छोडेका छैनन् । बिकट क्षेत्रहरुमा खाद्यन्न, लत्ता कबडा पु¥याउन समस्या भईरहेको छ । देशमा लकडाउन नभए पनि क्रितृम अभाव सृर्जना गरेर नागरिकहरुलाई हाहाकार गराईएको छ । हेर्दाहेदै नेपाल ढुङगे युगतिर फर्कदै गएको छ ।
आर्थिक रुपमा मानिसहरु टाट पल्टिदै गएका छन् । ब्यपारको क्षेत्रमा मन्दी छाएको छ । उधोगहरु बन्द अवस्थामा छन् । खुलेका उधोगको पनि कच्चा पदार्थ समयमा आईनपुग्दा पुर्ण सञ्चालनमा आउन सकेका छैनन् । स्थायी कर्मचारी, सेना, प्रहरी, निजामति कर्मचारी, संसद, सभासद, मन्त्री, प्रधानमन्त्री लगायतको भरणपोषण भएपनि अन्य क्षेत्रमा काम गर्नेहरुको जीवन कष्टकर बनेको छ । कतिपयको चुलो नै बल्न छोडेको छ । अन्य समयभन्दा यो समय नागरिकहरुको लागि निक्कै भयानक भएको छ । आर्थिक समस्याले चौपट हुदा अन्य समय जस्तो आफन्त साथीभाई काहा गएर दुखः पोख्न सक्ने अवस्था छैन ।
भएका गरगहना बेचेर पनि छाक टादै
भएका पैशा सकिएर मानिसहरुले लगाएका गर गहना बेचेर पनि छाक टार्न थालेका छन् । अचेल सुनको भाउ घटेपनि मानिसहरु सुन किन्न खासै बजारमा आएका छैनन् जो माफियाकै रुपमा लगानी गर्नेले बाहेक नेपाली समाजको असली ग्रहकहरु सुन किन्न निस्केका छैनन् बरु उल्टै आर्थिक संकटले गरगहना बेचेर सामाल जोहो गरिरहेका छन् । यो अवस्था भनेको निक्कै डरलाग्दो अवस्था हो ।
जहा अभाव त्यहा तनाव
जव मानिसहरुमा अभाव हुन थाल्छ तनाव त्यतिनै मात्रमा उत्पन्न हुन्छ । जसको कारणले अपराधमा बढोत्तरी हु्ने गर्छ । त्यस्तै काठकाडौ उपत्यकामा अहिले चोरी डैकती, ठगी, मारपीटमा बढोत्तरी भएको छ । कतिपय घटनाको त उजुरी गर्न समेत नागरिकहरुमा मनोवल छैन । लकडाउनको अवस्थामा धेरैले निरासामा जीवन गुमाएका छन् । यस्ता घटनाले नेपालको जनजीवनलाई अस्तब्यस्त बनाउदै लगेको छ ।
यो अवस्थामा बित्तिय क्षेत्रका कतिपय संस्थाहरुले जरिवानामा छुट दिएका छैनन् । गाउघरमा कर्जाको सरलीकरण भएको भएपनि काठमाडौ उपत्यकामा डन, र टोले रबाफमा तिनिहरुले नै लगानी गरेर चलाउने सहकारी, फाईनान्सहरुले जरिवाना, ऋण प्रवाह गर्दा लगाउने अन्तशुल्क अहिले पनि असुली रहेका छन् । ऋण तिर्न नसकेका ऋणिहरुलाई ताकेता तकेत गरेर तनाव दिईरहेका छन् । कोठामा , घरमा हुल हुज्जत गर्न लगाउने समेत पछि नपर्ने प्रबृति देखिन थालेको छ । नागरिकहरुमा अर्को तनाव उत्पन्न गराएको छ । सरकारको अनुगमन नाम मात्रको अनुगमन भएको छ । गरिखाने समुदायको पक्षमा यतिवेला कुनै निकाय देखिदैन ।
यस्तो जटिल बन्दै गएको नेपाली जनजीवनलाई नेपाल सरकारले सम्बोधन गर्न कुनैपनि कार्यक्रम ल्याएको छैन । कार्यक्रम बजेट भाषणमा भएका पनि कार्यन्वयनमा आएका छैनन् । समयमा नै सरकारले सचेत भएर नागरिकको निरासालाई उत्साह भर्ने काम नगर्ने हो भने धेरै नागरिकहरु आर्थिक संकटले निरासाको बाटोतिर लाग्ने सम्भावना धेरै छ । त्यसैले तत्कालै परिणाम आउने गरी एक्शन लिएर काम गर्नुपर्ने टडकारो आवश्यकता देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend