logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछापमा आगलागी हुँदा ३ घर जलेर नष्ट, १ जना घाइते


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०७७

 



रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १२ गेलुको भोर्लेमा सोमबार दिउँसो आगलागी हुँदा ३ घर जलेर नष्ट भएका छन् । आगलागिमा परि १ जना वालक गंभिर घाइते भएका छन् ।

विद्युत सट भएर स्थानीय जुना बुढाथोकिको घरबाट शुरु भएको आगलागीबाट संगैका अरु २ घर पनि जलेर नष्ट भएका हुन् । आगलागीका कारण घर भित्र रहेका ४ बर्षका बालक श्रवण बुढाथोकी गंभिर घाइते भएका छन् । घाइते बालकलाई मन्थली स्थित तामाकोसी अस्पतालमा प्राथामिक उपचार गरी थप उपचारकालागि काठमाडौं ल्याई उपचारत भईरहेको छ ।

आगलागी भए लगत्तै खिम्ति प्रहरी चौकिबाट प्रहरी पुगेर उद्धार गरेको थियो ।

पिडितहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले उनिहरुको घरमा नै पुगेर राहत वितरण गर्नु भएको छ । पिडित परिवारलाई घट्ना घटेको २४ घण्टा भित्र राहत सामग्री उपलब्ध गराउने सरकारको निति अनुसार आफुहरु घट्ना स्थलमा नै पुगेर तत्काल राहत वितरण गरिसकेको शर्माले बताउनु भएको छ ।
घाईते बालकाको अहिले काठमाडौंस्थित किर्तिपुरस्थित स्कीन हस्पिटलमा उपचाररत रहेका छन् । उनको स्वास्थ्य सुधारउन्मुख रहेको उनका आफन्तले जानकारी दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend