logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ठुलो बिरोधका बीचपनि भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी दर्जा प्रदान

नेकपा मालेद्धारा कालोझण्डाले स्वागत


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०७७

काठमाडौं । (राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष एम.एम नरवणेलाई राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
उक्त समारोहमा राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।



नेपाल–भारतबीचको साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहदै आएको छ । त्येसै अनुरुप यो कार्यक्रम भएको नेपाली सेनाले बिज्र्ञिप्तमार्पत उल्लेख गरेको छ ।
उक्त समारोहमा नेपालका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो ।

आज साँझ प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले उनको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।
नपाल र भारतको एक अर्काे देशले मानर्थ सेनापति हुने प्रचलन भएपनि भारतले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेख भुभाग भारतको नक्सामा उल्लेख गरेपछि यिनै नरवणेले क्चीनको उक्साहटमा भएको भनेर अभिब्याक्तिन दिएका कारण नेपाल र भारतको यो प्रचलन पनि हटाउनु पर्ने र भारतसँगको सम्बन्ध चेक एण्ड ब्यालेन्जमा राख्नुपर्ने सर्वेत्र आवाज उठन थालेको बेला भएको भारतीय सेनाको भ्रमण र मानर्थ दज्यानी चिन्ह प्रदान गर्नुले नेपालीहरुले चौतर्फी बिरोध गरिरहेका छन् । भने नेकपा मालेले कालो झण्डा देखाएर बिरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend