logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल प्रहरीमा भर्ना खुल्यो


  • जन आकाश
  • शुक्रबार, कार्तिक २१ २०७७

काठमाडौँ। नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल ३६० जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ।



नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाइ र बुनाइतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरिएको हो।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने जनाइएको छ ।

नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरूले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्।

उक्त भर्नासम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)कुबेर कडायतले बताएका छन्।

साथै, भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बर ०१–४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ।

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend