जन आकाश
काठमाडौ । नेकपा (माले) काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वध , छटको अवसरमा शुभकामना आदान प्रदान गर्न आयोजित कार्यक्रममा पार्टीका महासचिव, स्थायी कमिटी सदस्यहरु, पोलिट ब्यूरो, केन्द्रीय कमिटी सदस्यहरु तथा काठमाडौ जिल्लामा उपलब्ध पार्टीका सदस्यहरुको उल्लेख मात्रमा सहभागीता का साथ चियापान कार्यक्रम भएको थियो।
पार्टीका महासचिव सिपि मैनालीले पार्टीका उपलब्ध सदस्यहरुलाइ शुभकामना दिनुको साथै देशको आमसामयिक विषयमा पनि आफ्ना भनाइ राख्नु भएको थियो।
त्यसैगरी स्थायी कमिटी सदस्य कृष्ण राणा, सुरेन्द्र ढकालले पनि शुभकामना दिनेक्रममा आफ्ना भनाइ राख्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता काठमाडौ जिल्ला कमिटीका अध्यक्ष सिद्दी मर्जनले गर्नु भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend