जन आकाश
People gather at Kalanichwok during a cultural program demanding full democracy on Sunday.
16th April, 2006
Post Photo/Shaligram Tiwari/Kantipur
मोहन कार्की
काठमाडौं । यहि आईतवार काठमाडौ राजधानीमा बिशाल राष्ट्रिय नागरिक आन्दोलनको गर्ने अग्रीम जानकारी दिएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी राष्ट्रिय नागरिक आन्दोलन तदर्स समिमिले उक्त जानकारी दिएको हो ।
देशका बिभिन्न भागवाट जम्मा भएका ब्याक्तिहरु उपस्थित भई पत्रकारहरुलाई बोलाएर राष्ट्रिय नागरिक आन्दोलन गर्नुपर्ने कारणहरु सहित बक्ताहरुले अभिब्याक्ति दिएका थिए । अधिबक्ता समेत रहेका बालकृष्ण न्यौपानेले नेपालमा भए गरेका आन्दोलन मेडइन नेपाल नभएर बिदेशी आयतित भएको कारण स्वाधिनताको रक्षा हुन सकेन, नागरिकहरुको जिउधनको रक्षा हुन सकेन नेपाललाई कमजोर बनाउदै सिक्किमीकरण तिर लगिरहेको हुनाले सवै नेपाली एकढिक्का भएर नागरिककोस्तरवाट राष्ट्रिय नागरिक आन्दोलन गर्नुको बिकल्प नभएको बताएका थिए ।
त्यसैगरी सुरेन्द्र भण्डारी, डा. मनोज कुमार झा, सृर्जना, केबी रोकाय लगायतले अग्रपक्तिमा रहेर अभिब्याक्ति दिएका थिए । उनिहरुको एउटै जोड थियो नेपालको सनातन धर्म संस्कृति, परम्परा, रितिरिवाज र पुर्खहरुले रक्षा गरिराखेको राष्ट्र नेपालको भुमि अतिक्रमण हुनु नेपालको लाखौ लाख युवाहरु बेरोजगार बनेर बिदेश जानु र कुटनीतिक रुपमा नेपालको शाख कमजोर हुदै जानु जस्ता कारणहरुले नेपालको अस्तित्वमाथि नै प्रश्न उठ्ने बातावरण बन्न लागेको हुदा गणतान्त्रिक ब्यवस्था भनिएपनि आयातित संघियताले प्रशासनिक ब्यायभार थपेर नेपाललाई असफल राष्ट्र बनाउने अभियाँन तिर लगेको छ । त्यसकारण राष्ट्रिय नागरिक आन्दोलन आजको आवश्यकता भएको बताएका थिए ।
आन्दोलनको तालिका पनि सार्वजानिक
मंसिर २० गते माइतीघर मण्डलामा बिशाल राष्ट्रिय नागरिक आन्दोलन, पुस २० गते पोखरामा त्यस्तै कार्यक्रम चितवनमा पनि गदै देशब्यापी रुपमा नागरिकहरुको सहभागिता गराई नेपाली नागरिकको इच्छा अनुसारको साशन प्रणाली, र नेपालको हितमा काम गर्ने सोच भएका देशभक्तहरुको नेतृत्वमा कार्ययोजनामा समेटिएको तालिका बताएका थिए ।
नेपालमा अन्तराष्ट्रिय प्रभाव
नेपाल र भारतको कालापानी, लिम्पियाधुरा, लिपुलेखको बिषयमा बिवाद चरम रुपमा बढिरहेको छ । यहि समयमा भारत र चीनको लदाखमा भएको चीन भारतको भिडन्तले पनि नेपाललाई केही प्रभाव पारिरहेकै छ । नेपालले आफ्नो भुमि रक्षा गर्न खोज्दा चीनको उक्साहटमा कालापानी, लिपुलेख, लिम्पियाधुराको कुरा उठाएको भारतीय स्थल सेना मनोज मुकुन्द नरवणेले नेपाललाई आरोप लगाएका थिए । तर तिनै नरवणे नेपालको मानर्थ सेनापतिको पदको पदभार ग्रहण गरेर ३ दिने नेपाल भ्रमण सकी नेपालवाट भरखरै बिदा भएका छन् । भारत ठुलो राष्ट्र भएपनि नेपालको सैनिक कुटनीतिवाट पाठ सिक्दै छ । भारतको राजनीति भने नेपालप्रति कुदृष्टि राख्दै आएको छ ।
नेपालमा भारतले गरेको कुदृष्टिको सृखला
नेपालमा जब राणा बिरोधि आन्दोलन शुरु भएको थियो त्यो आन्दोलनको अन्तिम बिन्दु २००७ साल दिल्ली सम्झौतामा टुङगीएको थियो । त्यही अस्थिरताको मौका छोपेर २०११ सालमा कोशी सम्झौता, २०१६ मा गण्डक सम्झौता,नेपालको नदीमाथिको अधिकार खोसेको थियो । त्यति मात्र काहा होर त्यसवेला नै बिधानसभाको चुनाव गराएर नेपाललाई सिक्किमीकरणको मोडलमा लाने भारतको तयारी रहेको रहेछ भन्ने कुरा त्यतिबेलका श्री ५ बडामहाराज धिराज महेन्द्रले बुझेपछि नेपालका परिवर्तनका लागि भनेर खोलिएका काग्रेस, कम्युनिष्ट भारतले प्रयोग गरेको लामो कम्युनिष्ट आन्दोलनका हस्ति नेकपा –(माले)का महासचीव चन्द्रप्रकाश मैनालीले हालसालै एक सञ्चारमाध्यमलाई दिएको अन्र्तवार्तावाट पनि पुष्टि गरेको छ ।
त्यसपछि बहुदलीय र निर्दलीय साशन ब्यवस्थाको पक्ष र बिपक्षमा राजनीतिक पार्टी र पञ्चायत बीचमा फाटो गराउने खेल खेल्दै भारतले २०४६ सालमा गणेशमानको च्याक्सीवारी र बिराटनगरको कोईराला निवासवाट हामरे आन्दोल आगे बढे बढे हे नै रोकिङगे जस्ता नारा लगाएर गरेको आन्दोलन र त्यो आन्दोलन पछि बिभिन्न संघ, संस्था खोल्ने त्यो संघ, संस्थाको नामवाट नेपालका मेहनती नेपालीहरुलाई काम गर्न अल्छी बनाउन सहयोग गर्ने राजनीतिक पार्टीहरुलाई बिरोध गर्न लगाउने, नेपालमा नेपाल आयल निगम र भारतीय आयल निगमबीचको सम्झौता लाई समेत भारतीय सरकारले हस्तक्षेप गरेर तेल रोकेर सरकार ढाल्ने बनाउने नेपाललाई अस्थिरतामा बनाई राख्ने खेल खेल्ने गदै आएको थियो । त्यतिवेला पनि राजतन्त्र एकतिर र भएभरका दलहरु अर्कातिर भएर २०४६ सालको जन आन्दोलन नाम दिएको परिवर्तन भएको थियो ।
२०४६ सालपछि पनि नेपालीलाई कुन योजना ल्याएर फसाउन सकिन्छ भनि योजना खोजिरहेको भारतीयले नेपालमा बहुदलीय ब्यवस्था आएको ५ बर्ष पुग्न नपाउदै नेकपा(माओवादी) पार्टीको स्थापना भारतको योजनामा गराई दिएर हजारौ हजार नेपाली आमाका एउटै छोराछोरीलाई मारकाटमा भिडाउन उसैले हातहत्तियार दिएर देशका भौतिक पुर्वधारको क्षति र बित्तिय संस्थाहरु लुटपाट प्रहरी चौकी आक्रमण, सैनिक ब्यारेकहरु आक्रमण गराएर नेपालले गर्नसक्ने प्रगति रोक्न द्धान्द्धमा फसाएको रहेछ त्यो २०६२÷६३को आन्दोलन गर्न बिद्रोही माओवादी र ७ गठबन्धनलाई भारतमा बोलाएर सम्झौता गाराई सकेपछि पुष्टि भएको छ । नेपालका राजनीति पार्टी देश र जनताको लागि भनेर खोलिका जति सवै भारतको वा अन्य कुनै देशको रकमवाट चलेका रहेछन् । त्यसो नहुन्थयो त अरु बेला सफल नहुने आन्दोलन भारतको साथ पाउने बित्तिक्कै किन सफल भयो ? त्याहा लगानी भयो अराजक भीड जम्मा गर्न खर्च प्रयोग भयो । त्यो अराजक भीडलाई देखाएर क्रान्त्रि नाम दिएको रहेछ ।
२०६२÷६३ अन्तरिम संविधान जारी भयो त्यो संक्रमणकालीन अवस्था थियो । त्यो संक्रमणकालीन अवस्था पारेर नेपालको अस्तित्व नै समाप्त पार्ने कुचेष्टा भारतले नगरेको होइन । तर नेपालमा राजनीतिक पार्टी बिकाउ र बिदेशवाट परिचालित भएपनि नेपाली जनता आम संञ्चार माध्यमको खवदारीले गर्दा त्यो सफल हुन सकेन र नेपालमा भारतमात्र नभएर अन्य शक्ति राष्ट्रहरुको समेत चलखेलले गर्दा नेपालको अस्तित्वको संकट टरेको राजनीतिक बिश्लेषकहरुको भनाइलाइ आधार मान्न सकिन्छ ।
त्यसैगरी २०६४ सालमा संविधानसभाको निर्वाचन भयो त्यो निर्वाचनवाट जनयुद्धमा रहेको नेकपा (माओवादी ) पार्टीलाई जिताउन भारतले लगानी गरेको सहजै अनुमान लगाउन सकिन्थ्यो । निर्वाचन स्थल वरीपरी मासुभात, जाडपानी, छेलोखेलो देखिन्थ्यो । भुमिगत कालमा जनताको घरमा एकछाक भात मागेर खाने नेताहरुलाई चुनावमा कराडौ करोड खर्च गर्ने त्यत्रो पैशा काहावाट आयो । यसरी जनमत अन्तै भएपनि माओवादीले जित्छ र अर्को बिद्रोह गराएर फेरी अस्थिरता उत्पन्न गराई नेपाललाई संसदवाट सिक्किममा जस्तै भारतमा बिलय गराउने चाल चालेको भारतको योजना सफल जनताले दिएनन् ।
त्यो नेपालका पुर्खहरुले नेपाल देशको लागि बगाएको रगत र पसिन स्मरण त्यसैगरी नेपालीहरुमा राष्ट्रिय एकताको भावनाको संस्कार, सास्कृतिक रुपमा धार्मिक सहिष्णुता, एक ढिक्का बनेर बसेका नेपालीहरुलाई बिभाजन गर्न सकेन नेपालमा त्यही समयमा जातिय द्धन्द्ध गराउन खोजिएको थियो कतै मज्जिदमा सुगुर काटेर फ्याक्ने, पशुपतिमा गाई काटेर फ्याक्ने, जस्तो धृणित काम पनि ष¥यन्त्रकारीहरुले गरेका थिए । तर नेपालीहरुले सुझबुझका साथ त्यो हामीलाई लडाउन गरेको ष¥यन्त्र हो भन्ने कुरा बुझे र त्यो जातिय र धार्मिक द्धन्द्धमा फसाउने योजना पनि नेपाली जनताले सफल हुन दिएनन् ।
त्यसपछि बाध्य भएर नेपाललाई निकाश दिन राजनीतिक नामका पार्टीले सत्ता छोडेर प्रधानन्यायधिस खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम सरकार गठन गरी अर्को संविधानसभा २ घोषणा गरेर संविधानसभाको निर्वाचन गराएको थियो । २०७२ सालमा बैशाख १२ गते गएको महाभुकम्पले क्षतबिक्षत भएको देशको परिस्थितिले सविधान जारी भयो । त्यही बिषयलाई लिएर अर्को द्धन्द्ध सृर्जना गर्ने भारतको योजना भएको बुझ्न सकिन्छ । त्यतिवेला भारतीय दुत करणसिहंलाई नेपाल पठाएर संविधान रोक्ने र अर्को जातिय र धार्मिक लडाई गराउने योजना भारतको प्रष्ट थियो । त्यो कुचेष्टा पनि नेपाली जनताले सफल हुन दिएनन् । सविधान जारी भएरै छोड्यो ।
संविधान जारी भएको २ बर्ष भित्रमा तिनै तहको निर्वाचन गराउने र संविधान कार्यन्वयनमा लैजाने नीति अनुसार राजनीतिक नामका पार्टीहरु को बढी बिदेशी भक्तहुने बिदेशी रकम लिने खेलमा लागिरहेका थिए । बिदेशी भक्त भएर लिएको रकम बढी जसले खर्च गर्न सक्छ निर्वाचन सवै उनिहरुले नै जित्ने त्यो जुनसुकै पार्टीको किन नहोस । त्यसो भएपछि देशभक्त, राष्ट्रवादी, असल ब्याक्तिहरुले निर्वाचनमा पराजय, भएपछि देशभक्त जति बाहिर रहन्छन् र सरकारमा बिदेशी दानापानी खानेहरु जान्छन् गएका छन् त्यही बिदेशी निर्देशन अनुसार काम गदै आईरहेका छन् । जस्तै एमसिसि प्रकरण चरम जनताको बिरोध हुदाहुदै पनि सरकार पास गर्न खोजिरहेको छ ।
यस्तो परिपाटीवाट चलिरहदा देश र जनताको पक्षमा काम नहुदा जनता सधै रुष्ट हुने देशमा द्धन्द्ध भईरहने त्यस्तै होस भनेर बिदेशीले बनाएको योजनामा नेपालीहरु फसिरहने गरेको छ ।
नेपालमा अहिले उठ्न खोजेको आन्दोलनको अन्यौलता
हिन्दु धर्मालम्बीहरुको आन्दोलन
२१ दलीय मोर्चाको संयुक्त जनआन्दोलन
राजतन्त्र पुनःस्थापना सघर्ष समितिको आन्दोलन
राष्ट्रिय नागरिक आन्दोलनल
नेकपा(माओवादी) बिप्लप समुहको आनदोलन
माथि उल्लेखित नामवाट आन्दोलनका तयारी गरिरहेकाछन् यो क्रम चलिरहेको लामो समय भएको छ । यी आन्दोलनहरु भईरहे पनि जनताको उभारमा उठ्न सकेको छैन ।
यतिवेला भने जनतामा परेको आर्थिक संकट साथै अन्तराष्ट्रिय प्रभावले पनि साथ दिएको देखिन्छ ।
आन्दोलनको मोडल पुरानै
कुनैवेला राजतन्त्र एकतीर अर्कोपक्ष अर्कोतिर हुन्थ्यो भने यो पटक सरकार एकतिर अर्कोपक्षहरु सवै सरकारको बिपक्षतिर भएका छन् जुन नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले तय गरेको संयुक्त जनआन्दोलनको रुपरेखावाट उठ्ने गरेको छ । संयुक्त जन आन्दोलनको फर्मुलावाट आन्दोलन सफल हुने तर नेपालमुखी नेता नहुने, बिकाशवादी नेता नहुने बिदेशमुखी नेताको नेतृत्व हुदै आएको छ । त्यसकारण अहिले उठ्न लागेको आन्दोलन पनि अन्यौलतामा नै छ ।
हिन्दुवादी आन्दोलन
नेपालका बहुसंख्याक हिन्दुवादीको आन्दोलन धर्मको नाममा उठिरहेको छ । तर त्यो एउटा पक्ष भारतले बोकिरहेको हिन्दुवादी पनि देखिन्छ जुन शिवसेनाको अतिवादी समुहको प्रभाव भारतमा छ । जुन संगठनको सहयोगमा नरेन्द्र मोदीले चुनाव जित्दै आएको छ । यो भोलि नेपालको हितमा नहुन सक्छ । अर्को नेपालका सनातन हिन्दुवादी पनि धर्मनिरपेक्षको बिरुद्धमा आन्दोलनमा छन् । यि दुवै पक्षको मुद्धा एउटै भएपनि धार फरक फरक छन् । भारतीय निर्देशन मान्ने शिवसेनाका हिन्दुवादीहरु नेपालकै भएपनि भोलिका दिनमा भारतीय प्रभाव बोक्ने हुदा नेपालको हितमा हुदैन । नेपालको सनातनी हिन्दुहरुको भने नेपाल राष्ट्रको हितमा सधै चिन्तन भएको देखिन्छ उनिहरुको जोड आफ्नो पराम्परा, धार्मिक सास्कृतिक सस्कारमाथि आक्रमण नहोस, लोप नहोस भन्ने रहदै आएको छ । सरकारले धर्मको संक्षण गर्न नसकेको उनिहरुको आरोप छ । त्यसकारण धर्मनिरपेक्षताको बिरोध गदै आएका छन् ।
२१ दलीय मोर्चाको संयुक्त आन्दोलन
२१ दलीय मोर्चाले सरकारले गरेका राम्रा कामको समर्थन र गलत गरेका कामको बिरोध गदै आएको थियो ६महिना अगाडी ९ दलमात्र थिायो जुन सामान्य नै थियो । पछिल्लो समय जसमा २१ दल संलग्न छन् उनिहरुले पनि सरकारले जनजीविकाको रक्षा गर्न सकेन, सीमा रक्षा गर्न सकेन, नेपालको भुमि भारतले नक्सामा जारी गरेर प्रयोग ग¥यो त्यो फिर्ता ल्याउन सकेन त्यसैले सवै राष्ट्रवादीहरुको संयुक्त मोर्चाले मात्र त्यो काम गर्न सक्छ भन्ने रहेको छ । यो आन्दोलन पनि चरमा उत्कर्षतिर गईरहेको छ । उनिहरुमा आवद्ध धेरै जतिले संविधान संशोधनको माग राखेर आन्दोलन गरिरहेका छन् ।
राजतन्त्र पुनःस्थापना सघर्ष समितिको आन्दोलन
राजतन्त्र पुनःस्थापना हुनुपर्छ भनेर साना तिना भाषण जुलुस सभा भएको त बषौ भईसक्यो तर आन्दोलनको रपरेखा नै तय हुने गरी आन्दोलन उठेको थिएन । यो पछिल्लो समय आन्दोलनको रुपरेखा नै देखिने गरी राजतन्त्र पुनःस्थापना सघर्ष समितिको नामवाट गरिरहेका आन्दोलन निक्कै संख्यामा बढीरहेको देखिन्छ यस समितिले पनि यो ब्यवस्था नै खारेजीको माग गरेर आन्दोलन गदै आएको छ ।
राष्ट्रिय नागरिक आन्दोलनल
नेपालमा २०६२ आन्दोलन हुनुभन्दा अगाडी देखि गणतन्त्र होईन नेपालमा बिदेशी तन्त्र ल्याउदै छन् भनेर तर्क गदै आएका अधिवक्ता समेत रहेका बालकृष्ण न्यौपाने समेत रहेको समुहले बिभिन्न यो सरकार र गणतन्त्रको बिषयमा भाषण, कोणसभा, सञ्चारमाध्यममा वकालत गदै ब्यवस्था नै खारेजीको माग गदै आएका थिए । तर खासै उनको पक्षमा पनि मानिसहरु थिएनन् । यो पछिल्लो एक महिनामा हेर्ने हो भने राष्ट्रिय नागरिक आन्दोलनको रुपरेखा नै तयार भएको छ । आन्दोलनको पारो ९० डिग्रीतिर चढिरहेको देखिन्छ ।
नेकपा(माओवादी) बिप्लप समुहको आनदोलन
नेकपा(बिप्लप ) समुहको आन्दोलन नेपालमा सवै बिदेशी दलालहरुले साशन गरेका छन् यो संविधान बहिष्कार गर्नुपर्छ भन्दै आएको छ । बिप्लप समुहले त हातहत्तियारको माध्यमवाट समेत आन्दोलन गदै आएको छ ।
यी माथि उल्लेखित सवै आन्दोलनकारीहरु लगभग आन्दोलनको एउटै मोर्चामा देखिदै छन् ।
यो आन्दोलनवाट नेपालमुखी नेतृत्व आउला त ?
नेपालमा ७० बर्षमा धेरै साशान फेरिए, ब्याक्ति फेरिए, संविधान फेरिए, तर प्रबृति कहिल्यै फेरिएन , नेताका जीवनशैली फेरिए, तर नेपाल देशको बिकाश सोचेको जस्तो कहिल्यै भएन तोकेको समयमा कुनै बिकाश निर्माणका काम सम्पन्न भएनन् ।अव उठ्ने आन्दोलन नेपालमुखी हो की बिदेशमुृखी भन्न त सवैले नेपालमुखी भन्छन् बिश्वास गर्ने आधार नभएसम्म पत्याउन सकिदैन । यस्तै आन्दोलन उठेको संक्रमणकाल पारेर सिक्किम भारतमा बिलय भएको छ । त्यस्तो नहोस । अर्को जहिले जनताले समर्थन गर्ने गरेको आन्दोलन नेपालको बिकाश गर्न राम्रो नेतृत्वले देशको साशन चलाउओस र नेपालको हितमा काम होस भनेर आन्दोलनमा सहभागी हुने गरेका छन् । तर जनताले सोचेको जस्तो कहिल्यै भएन । त्यसकारण आन्दोलनको नेतृत्व गर्नेहरुले बेलैमा ध्यान पु¥याउन सकेनन् भने राष्ट्रलाई झनै ठुलो र्दुघटनामा पार्न पनि सक्छन् । परिवर्तन बिकाशका लागि पनि हुन्छ बिनासका लगि पनि हुन्छ । हाम्रो देशमा परिवर्तन बिनासका लगि मात्र भएको छ । बिकाशका लागि यो उठन लागेको आन्दोलन होकि होइन । यो आन्दोलन बास्तविक देशभक्तहरुको नेतृत्वको आन्दोलन होकि होइन । राष्ट्रवादीहरु चनाखो भएर बस्नुपर्ने अवस्था आएको छ ।
आन्दोलन आवश्यक छ । तर सही बिचार देशभक्ती भावनाले ओतप्रोत भएको नेतृत्वमा मात्र ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend