जन आकाश
काठमाडौं । उधोग बाणिज्य महासंघको ५४ औ साधरणसभा यहि मंसिर ११,१२,१३ गते हुन गईरहेको छ । उक्त निर्वाचनमा वरिष्ठ पदको लागि किशोर प्रधान र चन्द्र प्रसाद ढकाल प्रतिस्पर्धामा उत्रिने गरी दवैले प्रसार प्रसार थालिसकेका छन् ।
यो वरिष्ठ पद नै किन चर्चामा
आउदो ५५ औ साधरणसभामा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने ब्यवस्था भएको हुदा बढी चर्चा र महत्पुर्ण ठानिएको छ । यतिवेला चन्द्र ढकालको टिम पश्चिम बेस बनाएर प्रचारमा लागेको छ । प्रधान मध्य पुर्व र पुर्वमा बेस बनाएर प्रचारमा लागेको देखिन्छ ।
प्रधानको प्रचारको जिम्मा पाएका रञ्जित आचार्य नेतृत्वले प्रचार गर्ने तरिका राम्रो अपनाएका छन् युटुव, पत्रत्रिका, भाईवर, फेसबुक,टुइन्टर, इमेलमाहरुमा भएभरका मिडियालाई जानकारी पठाएर निक्कै प्रभावकारी काम गरिरहेको देखिन्छ ।
ढकालको पनि त्यतिकै अब्बलको रुपमा प्रचार गर्न माहिर राजु पौडेलले बिज्ञापनको माध्यमवाट ब्यवसाहिक सहयोग गदै आएका मिडियालाई इमेल पठाउने गरेका छन् । चन्द्र ढकालको धेरै जति भनाई प्रेस बिज्ञप्ति राजु पौडेलको नामवाट नै आउने गरेको छ । उनले फेसबुक, टुइन्टर, युटुव प्रयोग गर्ने गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend