logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सखुवासभामा पुगेर प्रधानमन्त्रीले गरे नडराउने उदघोष


  • जन आकाश
  • बुधबार, कार्तिक २६ २०७७

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अघि बढ्ने बताउनु भएको छ ।



पार्टीभित्रको अन्तर्द्वन्द्व उत्कर्षमा पुगेका वेला संखुवासभाको किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका लागि गएका प्रधानमन्त्रीले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले डराउनु् नपर्ने बताउनु भएको हो ।

उहाले पार्टी कार्यकर्ताहरूलाई नआत्तीकन अघि बढ्न पनि आग्रह गर्नुभयो ।

उहाले थप्दै भन्नु्भयो मैले रहरले नभई जनताले जिताएर अध्यक्ष बनाएका हुन । कसैले निगाहाले अध्यक्ष भएको होइन ।

आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने भएकाले नडराई, नधकाई काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभएको थियो ।
मंगलबार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहालको अग्रसरतामा पाँचजना सचिवालय सदस्यको अनौपचारिक बैठक बसेको थियो ।

नेकपामा शीर्ष नेताहरूबीच अन्तर्संघर्ष चर्किरहेका वेला प्रधानमन्त्री संखुवासभा जानुभएको हो । नेपालमा सम्भवत बिपी कोईरालापछि सवैभन्दा बढी जनमत समर्थन रहेको शक्तिशाली सरकार मानिन्छ । तर नेकपा नेकपा भित्रको बिवाद भने निक्र्कै बढेको छ । त्यसैले पनि प्रधानमन्त्री र प्रचण्डले दिने अभिब्याक्तिलाई सवैले चासोको रुपमा हेर्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend