logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामाजिक सञ्जालको दुरुपयोगले नेपाली समाजमा पारेको असर


  • जन आकाश
  • शुक्रबार, कार्तिक २८ २०७७

काठमाडौं । नेपालका अधिकांस मानिसहरुको हातमा यतिवेला मोवाईल पुगिसकेको छ । ति मोवाईल प्रयोगकर्ताहरु सवै कुनै कुनै सामाजिक सञ्जालमा जोडिएका छन् । जस्तै फेसबुक, इस्टाग्राम, भाईबर, हावटसप, इमो, टुइन्टर लगायत सामाजिक सञ्जालमा ६० बर्षका बृद्धादेखि अहिलेका आखाले भरखर राम्रोसँग देख्न सक्ने बालबलिका समेत सामाजिक सञ्जालमा जोडिएका छन् ।



झट्ट हेर्दा यो समरात्क पक्ष नै हो । ६० बर्षका बृद्धालाई बिदेशमा रहेको नातानातिनी, छोरा बुहारीलाई टाढााभएपनि प्रत्यक्ष भिडियोवाट देख्न पाईने सुबिधाले राम्रो काम गरेको छ । टाढा टाढा भएपनि स्रब्य, दृष्य बिश्वमा भएका घटना र्दूघना हेर्न थाहापाउन सामाजिक सञ्जालले मानिसलाई सजिलो बानाएको छ । कुनै कुराको ज्ञान खोज्नु प¥यो भने पनि सामाजिक सञ्जालमा सजिलै समस्याको सावधान समेत गरिदै आएको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दाको यो एउटा पक्ष भयो ।

नेपाली समाजमा सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुको पनि कमि छैन । सामाजिक सञ्जाल दुरुपयोग गर्दा कानुनी दायराले थुप्रै कारवाहीहरु गरेको भएपनि त्यो अहिले सम्म रोकिएको छैन ।बिशेष गरेर युवायुवतीहरुले आफुले मन पराएको ब्याक्तिलाई आफैले भनेको जस्तै हुनुपर्छ नभए त्यसको बारेका फेक आइडी खोलेर नकरात्मक भ्रम सृर्जना गर्ने , र त्यो पछि गएर जो ब्याक्तिको सामाजिक प्रतिष्ठामाथि नै आच आउने बनाएर समस्या बनाउने जस्ता काम अर्को तर्फ नेपालका युवा पुस्ता धेरै जति बिदेशतिर छन् । उनिहरुका श्रीमतीहरु जो अर्ध शिक्षित भएकाहरुलाई बिभिन्न बाहाना बनाएर बल्याकमेलिक गर्ने उदेश्य राखेर गलत मानसिकता बोकेका तर अडियो भिडियोको काम गर्न दक्ष भएकाहरुले बिभिन्न भिडियो बनाएर चिठा प¥यो भनी नजिक ल्याउदै अनेक खालका भिडियो बनाउने र तपाईको यस्तो भिडियो आएछ के गर्ने सार्वजानिक गरिदिउ भनेर धम्क्याएर पैशा असुल्ने जस्ता कामले नेपाली समाजलाई यतिवेला पिरल्नु पिरलेको छ ।

अर्को घरमा रहेका साना नानीबाबुहरुले ईनटरनेटको दुरुपयोग गरेर खेल्ने खेल पब्जीले बच्चाहरुलाई एकोहो¥याउने काम गरेको छ । जो की उनिहरुको सिक्ने सिकाउने ज्ञान बिज्ञान पढ्ने बृद्धी बिकाश हुनुपर्ने ठाउँमा मानसिक असर गरेको छ । त्यही खेलको बिषयलाई लिएर ग्याङ फाईटसम्म हुने गरेको र कतिपयको अकालमा अरुको आक्रमणवाट हत्या भएको देखिन्छ ।

अर्को तर्फ कुनै परिवारलाई बिगार्न चाहाने ब्याक्तिहरुले फेक आइडी खोलेर पनि भ्रमक स्टाट राख्ने र भाईरल बनाएर अरुको चरित्र हत्या गर्ने जस्ता कार्यहरु पनि देखिन्छन् । यस्ता घटनाले समान्य नागरिक देखि उच्च ओहोदामा रहेका ब्याक्तिहरुलाई समेत पिरल्ने गरेको छ ।
ति सामाजिक सञ्जालमा आउने समाचार स्टाटस सवै सत्य हुदैनन् भन्ने ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्ताहरु सवैमा त्यो ज्ञान भएको पाईदैन र झुटो स्टाटस हालेको भएपनि जो मानिसको फेक आईडी खोलेर गरेको भ्रमक समाचारले अञ्जाना दोषी मानिसलाई असर गरेको हुन्छ । यस्ता कार्यहरु दिनानु दिन भईरहेको खवर आएका छन् । कतिपय सार्वजानिक भएका छन् । कतिपय सार्वजानिक नभएका पनि होलान् ।

त्यसैले सामाजिक प्रयोगकर्ताहरुले के सहि के गलत छुट्याउन आफैले सक्नु पर्छ र अन्यौल भएको खण्डमा साथिभाई सँग पनि परामर्श लिनु राम्रो हुन्छ । कुनै गलत आसय राखेर बल्याकमेलिक गर्ने तरिकाले सामाजिक सञ्जालको दुरुपयोग गरेमा त्यस्ता ब्याक्तिलाई प्रहरीमा उजुरी गरेर कानुनी कारवाही गर्न ढिलो गर्नु हुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend