logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्री ओली, उपाध्यक्ष गौतम र महासचिव पौडेल बालुवाटारमा


  • जन आकाश
  • आइतबार, कार्तिक ३० २०७७

 



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम र अर्थ मन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार विहान साँढे आठ बजे गौतम र पौडेल बालुवाटारमा पुगेका थिए ।

शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेश गरेपछि ओली समूह दाहालप्रति आक्रोशित बनेको छ ।

नेताहरुबीच आरोप प्रत्यारोप चुलिएका बेला प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम र महासचिव पौडेलसँग छलफल गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी गराउने गरी गौतमसँग परामर्श गरेका हुन् । हाल प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।

गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बनाएर रक्षा मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा सहभागी गराउने तयारीमा छन् ।

अदालतले गौतमलाई मन्त्री बन्ने बाटो खोलिदिएपछि गौतम सरकारमा सहभागी हुने तयारीमा छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend