जन आकाश
यो बर्ष नेपालीहरुको महान चाड दशै सामान्य रुपमा सकिए जस्तै तिहार पनि सकिएको छ ।
गएका बर्षहरुमा जस्तो दिउसी भैलो मानिसहरुको नाचगान एक ठाउँवाट अर्को ठाउँमा दाजुभाईहरु दिदीबहिनीहरुकोमा गएर टिका लगाउनेको पनि कमी भएको देखियो ।
तिहारलाई उज्यालोको पर्व मानिएको भएपनि काठमाडौ उपत्यकामा धेरै जतिले घरलाई नै बेरेर झिपेझिपे बत्तीले उज्यालो बनाएको भएपनि त्यो बत्तीको उज्यालोमा कुनै एकजना मानिस पनि रमायर नाचेको देखिएन ।
उज्यालाघरहरुमा बत्तिहरु त बलिरहेका थिए । तर मानिसहरु देखिदैन थिए । यो उज्यालोको पर्व भएपनि यो बर्ष मानिसहरुमा परेको कोरोनाको त्रास र कोरोनाको नाममा बिदेशी एजेन्टहरुले नेपाली समाजलाई आताङकित पार्ने गरी फैलाएको हल्लाले उज्यालो पर्व तिहारलाई अध्याँरो जस्तो महसुस गरेर मनाएका छन् । छौं ।
हुनत समय अर्को बर्ष पनि दशै, तिहार आउछ । तर यहि बर्ष जस्तै समय फेरि आउदैन यो पनि सत्य नै हो । मानिसहरुले बिश्वमा फैलिरहेको भाइरससँग डराउनु स्वभाविक हो । नेपालको हावापानीमा यो भाईरसले खासै असर नपार्ने बिभिन्न बिज्ञहरुले अध्ययन गरेर प्रकाश पारिसकेका छन् । यस्तो बेला नेपालमा नेपाली नागरिता बोकेर बिदेशी भत्ता बुझ्ने र बिदेशीकै गुनगान गाउँने एजेन्टहरुको नियोजित तरिकाले नै कोरोनाको अस्वभाविक हल्ला गरेर नेपाली समाजलाई त्रास पैदा गराउदै आएका कारण नेपालीहरु उज्यालो पर्वमा पनि अध्यारो महसुुस हुने गरि तिहार मनाउन बाध्य भएको मान्न सकिन्छ ।
नेपाली समाजको चेतनाकास्तर पनि त्यति माथि उठ्न नसकेको यहि कोरोनाको त्रासको हल्ला सवैले पत्याउनले पनि पुष्टि गर्छ । नेपाली समुदाय कुन कुरा सहि हो कुन कुरा गलत हो भन्ने नछुट्याई हिजोका दिनमा होमा हो मिलाउदै बिदेशी योजनामा बनेका क्रान्त्रिका नाममा आफ्नै दाजुभाई मार्न मराउन लगाउने हामी नेपाली नै हौ । त्यसकारण त्यो क्रान्त्रि मानिएको समयमा यो सहि र सत्य छुट्याउन सक्नु पर्ने हो । झनै यो आयतित क्रान्त्रिले त नेपालीहरुलाई हरेक क्षेत्रमा परनिर्भर बनाउदै लगेको पो देखियो । हुदा हुदा नेपालीहरुको महान पर्वलाई समेत असर पुग्ने गरी योजनाबद्ध तरिका अपनाएर नेपाली संस्कृतिमाथि नै प्रहार गरेको भान हुनेगरी काम गरेको देखियो । दशै तिहार नेपालीहरुको महान पर्वलाई नियोजित ढंङगवाट कोरोनाको त्रास फैलाएर सरकारले नेपालीहरुलाई प्रोत्साहन गर्नु पर्ने ठाउँमा निरुत्साहित बनाएको छ । त्यसैले पनि होला आम नेपाली नागरिकहरु उज्यालो पर्वमा पनि अध्याँरो भएको महसुस गरेर तिहार मनाउन बाध्य भएका होलान् ।
कुनै पनि देशको अस्तित्व समाप्त गर्नु छ भने पहिला त्यस देशको कला, सस्कृति, समाप्त गरिदिनु पर्छ भन्ने योजनालाई नेपालका साशक जो कम्युनिष्टका खोल ओडेकाहरुले धर्म मान्नु हुदैन भन्दै नेपालको अस्तित्व मेटाउन बिदेशी भत्तामा रमाउदै नेपालको धर्म सस्कृतिमाथि आक्रमण गर्न थालेका छन् यो नेपालीहरुका लागि निक्कै डरलाग्दो बन्दै गईरहेको छ । नेपाल देशको स्वतन्त्र सर्वभौम सत्ता सम्पन्न राष्ट्रलाई समाप्त पार्न भईरहेका ष¥यन्त्रलाई परास्त गर्न यस्ता नेपाली संस्कृति बिरोधिहरुलाई समयमा नै चिनेर उज्यालो पर्वलाई उज्यालो नै तरिकाले मनाउने हाम्रो परम्परा अनुसारको निरन्तरता नै नेपालीहरुको खुशी हो । उज्यालो पर्वलाई अध्याँरो हुन नदिउ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend