जन आकाश
मुक्तक १
त्यो मन अन्तै नसार प्रिया १
र काँडेतारले नबार प्रिया ११
बरु मेरो यो ज्यानै जाला,
मेरो मायालाई नमार प्रिया ११
मुक्तक २
असफलताले पिर देखेर मन रुन्छ
सफलताका शिर देखेर मन रुन्छ
आँखाबाट आँसु किन झर्छ नसोध
जमराका तस्बिर देखेर मन रुन्छ
मुक्तक ३
मन ठूलो बनाएर लागिरहनु पर्छ
आत्मविश्वास पाएर लागिरहनु पर्छ
तब हुन्छ यो मनमा रमाईलो आभास
साहित्यलाई जगाएर लागिरहनु पर्छ
मुक्तक ४
कोही ज्यादा कोही कम हुन के गर्नुपर्छरु
लागिपर्न साहित्यमा हरदम हुन के गर्नुपर्छरु
जति प्रयास गर्दा पनि म सधैं असफल हुन्छु,
भनिदिनुस् मलाई प्रथम हुन के गर्नुपर्छरु
डिजे असफल
कैलाली
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend