logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कोरोनाको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुने


  • जन आकाश
  • बिहिबार, मंसिर ४ २०७७

 



 

काठमाडौ । सरकारले कोभिड (१९ अर्थात कोरोना भाइरस लागेकोलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्यवन नगर्ने अस्पताललाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना संक्रमितलाई निःशुल्क उपचार गर्न निर्देशन जारी गर्नुका साथै परिपत्र पनि जारी गरिसकेको छ ।

यस्तो अवस्थामा अस्पतालले त्यस्तो नगरे मन्त्रालयले कारबाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने जानकारी दिएका छन् ।

अधिकारीले केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जानकारी गराए ।

कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend