logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वरिष्ठ उम्मेद्धार चन्द्रप्रसाद ढकालको समृद्ध नेपाल सुखी नेपाली बनाउन सक्ने परिचय यस्तो छ


  • जन आकाश
  • आइतबार, मंसिर ७ २०७७

उधोग बाणिज्य महासंघको ५४ औ साधारणसभामा बरिष्ठ उपाध्यक्षको उम्मेद्धार चन्द्र ढकालले आफ्नो ब्याक्तिगत कुशलताले बिप्रेशनको क्षेत्रमा देशलाई नै धेरै कर तिर्न सक्ने कम्पनी बनाउन सकेका छन् । त्यसैले वरिष्ठ उपाध्यक्षमा जित हाशिल गरेर नेपाललाई नै समृद्ध नेपाल सुखी नेपाली बनाउन सक्छन् होला भन्ने आधार उनको परिच  याहा दिएको छ ।



परिचय यस प्रकार छ 
चन्द्रप्रसाद ढकाल – यो नामसँगै परिचयका अनेकौ विम्बहरु जोडिएर आँउछ । प्रतिभाशाली उद्यमी । सफल व्यवस्थापक । कुशल नेतृत्वकर्ता र प्रेरणादायी व्यक्तित्व  जतिवेला ढकालले आईएमई् रेमिट्यान्स कम्पनीलाई अघि बढाए, त्यतिबेला देशमा अनौपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिन्थ्यो  त्यसलाई औपचारिक बैंकिङ्गमार्फत नेपाल भित्र्याउने श्रेय उनैलाई जान्छ ।
ढकालले जुन व्यवसायमा हात हाले, त्यसमा सधै अब्बल रहे  त्यतिमात्र होईन त्यसलाई फैलाए अनि फुलाए पनि  आज आइएमई ग्रुप अन्र्तगत, ग्लोबल आइएमई बैंक, चन्द्रागिरी हिल्स, डिस होम लगायत पर्यटन, जलविद्युत, होटल, इन्सुरेन्स, सूचना प्रविधि लगायतका दर्जनभन्दा बढी कम्पनी छन् ।

कुनै क्षेत्रमा लगानी राज्यको नीतिलाई सहयोग पुग्ने, धेरैलाई प्रत्यक्ष फाइदा पुग्ने र व्यवसाय नाफामुलक लाग्ने गरी तीनवटा सुत्र पच्छ्याउछन् उनी । ढकाल सरकारी, गैर–सरकारी, कुटनीतिक र व्यवसायिक समुदायसँगको मैत्रीपूर्ण सम्बन्धलाई सधै निजी क्षेत्रको प्रर्वद्धनमा खर्चिदै आएका छन् । आफूसँग भएको नेगोेसियसन स्किललाई देशमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन प्रयोग गरिरहेका छन्। चाहे त्यो उद्योग वाणिज्य महासंघलाई प्रतिनिधित्व गर्दा होस् चाहे ‘लगानी बोर्ड’ मा आमन्त्रित सदस्यका रुपमा काम गर्दा । ढकाल नेपाल मलेसिया च्येम्बर अफ कमर्शका संस्थापक र नेपाल इन्डोनेसिया च्येम्बर अफ् कमर्सका अध्यक्ष पनि हुन् ।
उनले आफूलाई सामाजिक सेवामा पनि उत्तिकै समर्पित गरेका छन्। यस्तै, उनी ‘गोरखा दक्षिणबाहु चौथो’ र ‘प्रबल जनसेवाश्री चौथो’वाट पनि सम्मानित भईसकेका ढकाललाई कुशल ब्याक्तित्वको रुपमा लिन सकिन्छ ।

वित्तिय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याए बापत उनलाई सरकारले ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति’ (सीआइपी) अवार्डबाट दुईपटक सम्मानित गरिसकेको छ ।
पटकपटक सबैभन्दा धेरै कर तिर्ने करदाताका रुपमा राज्यले सम्मान गरेको छ । उनले ‘एसियन एशोसिएसन अफ् म्यानेजमेन्ट’बाट ‘एसियन लिडरसीप अवार्ड’ समेत पाएका छन् ।

बाग्लुङको अमलाचौरमा एउटा सामान्य परिवारमा जन्मिएका ढकालको जीवनी संघर्षपूर्ण रहेको छ । १६ वर्षे उमेरमा पिता गुमाएका उनले राष्ट्रिय वाणिज्य बैंकमा पाँच वर्ष जागिर खाएका थिए ।
त्यसपछि, २०४८ सालमा भाइ हेमराज ढकाल (रामु)सँग मिलेर उनले सानो कोल्डस्टोरबाट आफ्नो व्यवसायीक यात्रा शुरु गरेका थिए अहिले १४ हजारभन्दा बढी उनले स्थापना गरेको कम्पनीमार्फत मानिसहरु रोजगारीमा जोडिएका छन्।

७७ जिल्लामा ३५ हजारभन्दा धेरै शाखा तथा साझेदार जन्माएको आईएमईले ६० हजार भन्दा धेरै नेपालीलाई उद्यमी बनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको साउन अन्तिममा हुने महाधिवेशनमा यसपटक उनले आफूलाई बरिष्ठ उपाध्यक्षको उमेरद्धारको रुपमा प्रस्तुत गरेका छन्।

समृद्ध नेपाल सुखी नेपालीको नारासहित आफ्नो प्यानलसँगै चुनावी मैदानमा उत्रिएका उनले महासंघको आगामी कार्यकालको नेतृत्व बन्ने सपना बुनेका छन् ।

अहिलेसम्म हरेक पटक सर्वसम्मत चुनिदै आएका ढकाल यसपटक भने चुनावी मैदानबाटै आफुलाई विजयी घोषणा गराउने दौडमा छन् । प्रतिस्पर्धामा राम्रो नतिजा आउने बिश्वासका साथ उनि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend