logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुकेश चौरसियाको हत्यामा संलग्न पक्राउ


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०७७

 



काठमाडौं । प्रहरीले पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यारामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका (३ का ३८ वर्षीय अखिलेश प्रसाद भनिने अशेसर प्रसाद चौरसिया रहेका छन्। उनलाई प्रहरीले आइतबार वीरगन्ज (२५ स्थित अलौ सिर्सियाबाट पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

विन्दवासिनी(५ मा पार्टीको सपथग्रहणका क्रममा दुई समूहबीच विवाद हुँदा मुकेश चौरसियालाई बाँसले टाउकोमा प्रहार गरिएको थियो। उनको उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्ज स्थित न्यूरो अस्पतालमा मृत्यु भएको थियो।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि हानिफ मियाँ गद्दी, देवा सहनी र बिन्दवासिनी गाउँपालिका–४ घर भएका निरन्जन तिवारी उर्फ उत्तमलाई पक्राउ गरिसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend