logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ब्यवसायीहरुको मन जित्दै प्रकाश सिंह कार्की


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०७७

नेपाल उधोग बाणिज्य महासंघको ५४ औ साधारणसभामा तथा निर्वाचनमा नेपाल फे्रट फरर्वाडर्स एसोसिएशनका अध्यक्ष प्रकाश सिंह कार्की बस्तुगत कार्यसमितिमा उम्मेद्धार बन्नु भएको छ ।



कार्की बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्रप्रसाद ढकाल,उपाध्यक्ष उमेशलाल श्रेष्ठ,को समुहवाट कार्य समितिमा रहेको भएपनि धेरै ब्यवसायीहरुको मन जित्न सफल कार्कीलाई सवै ब्यवसायीको समर्थन रहेको उहालाई नजिकवाट चिन्ने ब्यवसायीहरुले बताउन थालेका छन् ।
नेपाल उधोग बाणिज्य महासंघको बिधानत बस्तुगत तर्फ १४ सदस्य कार्यसमिति हुन पाउने ब्यवस्था रहेको छ । तर ३० जना उम्मेद्धार रहेका छन् । त्यसमध्य प्रकाश सिंह कार्की ब्यवसायीहरुको प्यारो भएको र कार्कीलाई सर्वसहमत बनाउनु पर्छ भन्नेहरु धेरै रहेका छन् । तर आकांछीहरु धेरै भएकै कारण सर्वसहमति हुन नसके पनि लोकतान्त्रिक बिधिमा जानुपर्दा कार्की बस्तुगत कार्य समितिमा अग्रस्थानमा आउने अनुमान अहिले नै लगाउन थालिएको छ ।

उनले हामीसँग कुरा गदै भने “मलाई जसरी बिगतदेखि सहयोग गदै आउनु भएका सवै ब्यवसायीहरुले यो पटक पनि माया गर्नुहुन्छ र म बस्तुगत कार्यसमितिमा गएर ब्यवसायीका हकहितमा काम गर्ने प्रमिबद्धता गर्दछु ।”

यतिवेला नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनले ब्यवसायीहरुलाई निक्कै तताएको छ । यहि मंसिर ११, १२, १३ गते हुन गईरहेको साधरणसभा तथा निर्वाचनमा असल र सफा मन भएका ब्यवसायीहरुले बिजय हाशिल गरुण हाम्रो प्रकाशनको शुभकामना ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend