जन आकाश
चन्द्रप्रसाद ढकालले सारे समृद्ध नेपाल सुखी नेपालीको अवधारणा ।
फुटवेयर म्यानुफ्याक्चरिङ एशोसिएसन अफ नेपालको ढकाल समुहलाई साथ ।
फे्रड फरवार्डस एसोसिएशन लगायत देशभरीका उधोगी, ब्यवसायीहरुको समर्थन ।
७० हाराहारीका जिल्लाका प्रतिनिधिहरु ढकालको पक्षमा ।
मोहन कार्की
काठमाडौं । आसन्न हुन गईरहेको ५४ औ साधारणसभा र निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा कस्ले बाजी मार्ला भन्ने कौतुहलता र उधोगीहरुबीचमा ब्यापक छलफल भईरहेका छन् ।
त्यसको नतिजा आउन केही दिन मात्र बाकी रहेको छ । उधोगीहरुको छाता संगठन उधोग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष हुने ब्याक्ति नै स्वत अध्यक्ष हुने ब्यवस्था रहेको छ । त्यसकारण पनि बरिष्ठ उपाध्यक्षको पद निक्कै महत्वपुर्ण छ । यो समाचार तयार पार्दासम्म चन्द्रप्रसाद ढकाल नै बरिष्ठ उपाध्यक्षको गरिमामय पदमा बिजय हुने सम्भावना बढी छ ।
नेपालका निक्कै चर्चित र सफल ब्यवसायी भईसकेका ढकाललाई नेपालका सफल र ब्यवसायीका अत्यन्तै हितैसी उमेशलाल श्रेष्ठको साथ रहेको छ । उमेशलाल श्रेष्ठ बस्तुगत तर्फका उपाध्यक्षका उम्मेद्धार हुन् । त्यसैगरी अर्का उधोगी रामचन्द्र संघाई जो त्रिवेणी ब्यापार गु्रपका ब्यवसायी पनि हुन् उनको देशभरी ब्यवसायीहरु साथमा रहेका छन् । ति ब्यवसायीहरुको सहयोग चन्द्रप्रसाद ढकालको समुहलाई रहने बताइएको छ । रामचन्द्र संघाई एसोसिएट्स तर्फका उपाध्यक्षका उम्मेद्धार हुन । अर्का नामैले गुणनीधि तिवारी सवै गुृणमा निपुण भएकै कारण गुणनीधि भएका नवलपरासिका फर्सिला र ब्यवसायीका हकहितमा नरात नदिन भनेर खट्ने हजारौ ब्यवसायीका सारथी गुणनीधिले पनि उत्तिक्कै साथ दिईरहेका छन् । गुणनीधि तिवारी जिल्ला नगर तर्फका उपाध्यक्षका उम्मेद्धार हुन् ।
त्यसैगरी उधोग बाणिज्य महासंघमा आबद्ध बास्तविक ब्यवसायीहरु, उधोगीहरु कार्यसमितिको उम्मेद्धार धेरै ढकालको समुहवाट उम्मेद्धार भएका देखिन्छन् ।
चन्द्रप्रसाद ढकालले जित्ने चार आधार
माथि उल्लेखित भाईटल पोष्टका उम्मेद्धारहरु आफैमा पनि ओज भएका नेपालको औधोगिक क्षेत्रमा योगदान पु¥याएका उधोगीहरु भएको र सामाजिक, आर्थिक, अन्तराष्ट्रिय पारस्परिक क्षेत्रमा समेत भुमिका निर्वाह गर्न सफल ब्याक्तित्वहरु जस्तैः उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई, गुणनीधि तिवारी लगायत चन्द्र प्रसाद ढकालको समुहमा भएको हुनाले चन्द्रप्रसाद ढकाल बिजयी हुने सम्भावना भएको एउटा आधार मान्न सकिन्छ ढकाल समुहवाट उम्मेद्धारी दिएका १ न. प्रदेशका राजेन्द्र राउत र द्धिराष्ट्रिय उधोग बाणिज्य संघको तर्फवाट सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसहमत भईसकेका छन् ।
त्यसैगरी ७७ जिल्ला मध्ये झण्डै ६९ वटा जिल्लाका उधोगी ब्यवसायीहरुको साथ चन्द्रप्रसाद ढकाललाई समर्थन रहेको माहोल देख्दा बहुसंख्यात्मक ब्यवसायीहरुको मत चन्द्रप्रसाद ढकाल समुहलाई प्राप्त हुने देखिन्छ । त्यसकारण बिजय हुने सम्भावनाको दोस्रो आधार ब्यवसायीको मतलाई मान्न सकिन्छ ।
तेस्रो आधार भनेको चन्द्रप्रसाद ढकाल आफैमा सफल ब्याक्तित्व हुन् । किनकी राष्ट्रिय बाणिज्य बैकमा नाम निकालेर जागिर खाएका ब्याक्ति हुन् । जुन बैकमा नाम निकाल्नु पनि महत्वपुर्ण मानिन्छ । त्योस्तरको जागिर समेत छोडेर सामान्य ब्यवसायवाट सर्घष शुरु गर्नुभएका चन्द्रप्रसाद ढकालले कडा मेहनत गरेर परिणाममा बिश्वास गर्ने ढकालले आफु मात्र सफल भएनान् । रिमेट्यान्सको क्षेत्रमा देशलाई नै धेरै राजश्व बुझाउने कम्पनीको रुपमा आईएमई ग्रुपलाई परिचित बनाएका छन् ।
त्यसैगरी बित्तिय क्षेत्र, प¥र्यटन, जलबिधुत, लगायतमा लगानी गरेर अब्बल ब्यवसायीको रुपमा चिनाउन सफल ब्यतित्व र नेपालको ऐतिहासिक चन्द्रगिरी हिल्स जाहा श्री ५ पृथ्विनारायण शाहले राज्य एकीकरण गर्दा भालेश्वर महादेवलाई शक्ति मागेका थिए । त्यो ठाउँमा अन्तराष्ट्रियस्तरको केवलकारको निर्माण, रेष्टुरेण्ट, नेपाली उत्पादन त्याहाका स्टलहरुमा राखेर बेच्ने काम
त्यसैगरी नेपालमा बिकास हुन सकेन भनेर निराशा मात्र ब्याक्त गर्ने निरासावादी नेपालीहरुलाई चन्द्रगिरी हिल्स केवलकार निर्माण गरेर नेपाली कम्पनीले पनि अन्तराष्ट्रियस्तरको बिकास निर्माण गर्न सक्छ भन्ने उदारण पेश गरेर नेपालीहरुको शिर उच्च राखेका छन् । हरेक क्षेत्रमा मेहनतका साथ लागि पर्ने र सहि सत्यको पक्षमा काम गर्ने हुदा वास्तविक ब्यवसायी, उधोगी, ब्यापारीहरुले ब्यवसायमा सफल ब्याक्ति नै उधोग बाणिज्य महासंघको नेतृत्वमा पु¥याईयो भने ब्यवसाय र देशको हित हुन्छ भनी समग्र उधोगी, ब्यवसायीहरुको मतलाई बिश्वास गर्ने आधार बनेको छ ।
पुर्व अध्यक्षहरुको समर्थन
ढकाललाई नेपाल उधोग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुको समर्थन प्रप्त देखिन्छ । पुर्व अध्यक्षहरुको मातहतमा रहेका सवै ब्यवसायीहरुले ढकाललाई समर्थन गर्ने भएपछि बिजय हुने चौथौ आधार हो ।
बस्तुगत संघ तर्फका उम्मेद्धारहरु
उपाध्यक्षः उमेशलाल श्रेष्ठ
कार्यसमिति सदस्यहरुः हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की,भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, सुर्य बहादुर मगर रहेका छन् ।
त्यसैगरी जिल्ला नगरतर्फवाट
गुणनीधि तिवारीः उपाध्यक्ष
कार्यसमिति सदस्यहरुः अकोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डालमिया, राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैध रहेका छन् ।
त्यसैगरी एसोसिएट्स तर्फवाट
उपाध्यक्षः रामचन्द्र संघाई
कार्यसमिति सदस्यहरुः
अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, बिनोद ढकाल, बिराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्की रहेका छन् ।
यो समुहको समावेशीता झल्किन्छ । टिम नै आहा भन्ने बनेको छ ।
स्मरणीय कुरा के छ भने नेतृत्व जाहा पनि प्रतिस्पर्धावाट आएको नै राम्रो हुन्छ । आसन्न हुन गईरहेको उधोग बाणिज्य महासंघको निर्वाचनले असल नेतृत्व छानुन यही हाम्रो शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend