logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाल उधोग बाणिज्या महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको परिचय


  • जन आकाश
  • मंगलबार, मंसिर ९ २०७७

 



उमेशलाल श्रेष्ठ यो नाम हो एउटा व्यवसायीक क्षेत्रमा आफ्नो सम्पूर्ण जिवन व्यतीत गरेका व्यक्तीको । उच्च घरानामा जन्मिएर पनि व्यवसायीक क्षेत्रमा रमाएको व्यक्तीको ।

आजभन्दा ३३ वर्षअघिदेखि आफ्नै व्यवसायीक जिवन सुरु गरेका उनले केही वर्ष रोजगारीको अनुभव पनि समेटे ।
सन् १९८७ देखि सिम्का नामक औषधी कम्पनीबाट व्यवसायीक जिवन सुरु गरेका उनले अहिले क्वेष्ट फर्मासिटिकल्बाट आफ्नो व्यवसायीक जिवन अगाडी बढाइरहेका छन् ।

करिब ७ वर्षसम्म मल्टी नेश्नल कम्पनी हेक्सटमा जागिरे जिवन बिताएका उनले सिम्कापछि फ्लूयर हिमालयन लिमिटेड कम्पनीमा काम गर्न सुरु गरे ।

तर, मार्केटिङ म्यानेजरको भूमिकामा आबद्ध रहेका उनलाई ती दुवै कम्पनीका साझेदारसँग चित्त बुझेन । त्यसपछि १९९९ सम्म ती दुई संस्थामा आबद्ध भएर आफ्नै कम्पनी क्वेष्ट फर्मासिटिकल्स स्थापना गरे ।

आफ्ना केही मन मिल्ने साथिहरुसँगको साझेदारीमा स्थापना भएको क्वेष्ट फर्मासिटिकल्सले नै उनलाई नेपाली व्यवसायीक क्षेत्रमा छुट्टै पहिचान स्थापना गरिदियो ।

क्वेष्टले हाल क्रोनिक डिजिज रोगका औषधी स्थापना गर्दै आएको छ । क्वेष्टसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्समा समेत उनको प्रत्यक्ष लगानी रहेको छ ।

क्वेष्टले हाल प्रत्यक्ष र अप्रत्यक्ष गरी झण्डै ६०० जनलाई रोजगारी दिइरहेको छ ।

ती दुई बाहेक अन्य दर्जन कम्पनीहरुमा उनी शेयरहोल्डरको रुपमा छन ।

क्वेष्ट फर्मासिटिकल्सबाट अहिले करिब ६०० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् ।

श्रेष्ठको सन् १९५७ मा कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठ र सहाना प्रधानको एक्लो छोराको रुपमा जन्म भएको थियो ।

उच्च राजनीति घरानामा जन्मिएका श्रेष्ठ राजनीतिक क्षेत्रमा समेत लाग्न सक्थे। तर, राजनीतिभन्दा फरक क्षेत्र अर्थात व्यवसायीक क्षेत्र रोजे उनले ।

सन् १९७६ मा त्रिचन्द्र कलेजबाट बीएसी अध्ययन सम्पन्न गरेका उनी सोही सालदेखि नै व्यवसायीक जिवनमा होमिने प्रयास गरे ।
खुद्रा र किराना पसलका सञ्चालक समेत रहेका उनलाई किराना पसल सञ्चालन गरेर मात्रै आफ्नो जिवन बिताउन मन लागेन र व्यवसायीक क्षेत्रमा हात हाले ।

सोहीकारण, १३ वर्ष अघि कार्यकारिनी समितिबाट नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भएका उनी दोस्रो पटक वस्तुगततर्फको उपाध्यक्षको दौडमा छन् ।

वरिष्ठ उपाध्यक्षको उमेद्वार चन्द्र ढकालको प्यानलबाट उमेद्वारी घोषणा गरेका श्रेष्ठले महासंघमा पछिल्लो समय मौलाएको विकृतीलाई सुधार्ने योजना बनाएका छन् ।

उनले दोस्रोपटक वस्तुगततर्फको उपाध्यक्ष पदमा चुनिएको अवस्थामा पछिल्लो समय अनप्रोफेसनल बन्दै गएको महासंघको सचिवालयलाई प्रोफेसनल बनाउने एजेन्डालाई अगाडी सारेका छन् ।

पुष्पलालको छोरालाई जनआकाशको पनि अग्रीम शुभकामना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend