जन आकाश
उद्योगधन्दा तथा व्यवसायमा सफल नाम हो– रामचन्द्र संघाई । त्रिवेणी समूहका निर्देशक संघाईका देशभर विभिन्न उद्योग धन्दासँगै बैंक, वित्तिय संस्थाका लगानीकर्ता तथा शेयरहोल्डर हुन् ।
सन् १९६० को अक्टोबरमा बुबा गोपालराय संघाई तथा आमा त्रिवेणीदेखि संघाईको कोखबाट जन्मिएका रामचन्द्र यो व्यवसायीमा लागेको ३६ वर्ष भन्दा बढी भइसक्यो ।
२४ वर्षअगाडि त्रिवेणी सेन्थेटिक ¥यान इन्डस्ट्री खोलेर उद्योगधन्दामा हात हालेका रामचन्द्रलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन् ।
अहिले उनले १६ हजार जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् सांघाईले । उनको उद्योगधन्दाबाट उनीहरूको परिवारको भोक मात्र मेटिएको छैन् । उनीहरूले बुन्दै आएका सपना तथा योजनाहरू पूरा हुँदै गएका छन ।
हिमाल ग्यास, एलपिजी ग्यास, सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, टोकला चिया, डल्फिन ब्राण्डको प्लाष्टिकका कुर्सी अमृत ब्राण्डको खाने तेल, धागो उद्योग, बैंकिङ क्षेत्रलाई उनले सम्हाल्दै आएका छन् ।
५ दाजुभाई नै यहि क्षेत्रमा अहोरात्र खटिएर काम गर्दै आएका छन् ।
सबैले विभिन्न क्षेत्रलाई नेतृत्वदायी भूमिका निर्वाह गरेर अगाडि बढाउँदै आएका छन् । उनीहरूलाई ९२ वर्षीया आमा त्रिवेणीदेवीको प्रेरणासँगै काम गर्ने थप उर्जा प्रदान गर्दै आएकी छिन् ।
त्रिवेणी समूह तथा एनआईसी एशिया बैंकका निर्देशक सांघाईलाई २०७६ सालमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै सरकारले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो।
सीआईपी सम्मान नीजि क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो । बारामा रहेको उनको त्रिवेणी स्पिनिब मिल्स प्रालिले नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको धागो निर्यात गर्दै आएको छ ।
उनले उद्योग धन्दा तथा व्यापार व्यवसायमा मात्र नभएर सामाजिक कार्यमा पनि त्यतिकै सक्रियता देखाउँदै आएका छन् ।
१५ वर्ष भन्दा उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य रहेर काम गरेको अनुभव उनमा छ । उद्योगी व्यवसायीको पीर मर्का तथा पीडा उनलाई राम्रोसँग जानकारीमा छ ।
चन्द्रप्रसाद ढकाल प्यानलबाट महासंघको २० औं साधारणसभाका लागि उनी एसोसिएट उपाध्यक्षको लागि उम्मेदवारी दिएका छन् ।
निर्वाचनका लागि उनले महासंघभित्रका विकृति तथा विसंगीत सुधार पहिलो एजेण्डा बनाएका छन् ।
उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याहरूलाई ग्राउण्ड लेवलबाटै कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राम्रो जानकार रामचन्द्रले तिनै विषयलाई प्राथमिकतामा राखेका छन् ।
आफु निर्वाचित भएको खण्डमा कोभिड–१९ महामारीपछि उत्पन्न समस्याका विषयलाई समाधान गर्दै लैजाने प्रतिबद्धता उनको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend