logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेद्धार गुणनिधि तिवारीको परिचय


  • जन आकाश
  • मंगलबार, मंसिर ९ २०७७

 



गुणनीति तिवारी अर्थात संघर्षको अर्को नाम । नवलपरासी जिल्लामा जन्मे हुर्केर पनि सफल व्यवसायीको रुपमा उदाएको अर्को पहिचान हो तिवारी ।

तल्लो तहदेखि संघर्ष गर्दै एउटा सफल व्यवसायीको परिचय नै तिवारी हो भन्दा पनि फरक नपर्ला ।

वि.स. २०२६ सालमा धामनिधी तिवारी र चन्द्रकुमारी तिवारीको कोखबाट दोस्रो सन्तानका जन्मिएका तिवारी नेपाली व्यवसायीक क्षेत्रको उदाउँदा व्यवसायीको रुपमा चिनिन्छन् ।

आफ्ना आमाबाबुका दुई भाई छोरामध्ये कान्छो छोराका रुपमा जन्म लिएका तिवारीका तीन वटी बहिनी छन् ।

वि.स. २०५१ सालदेखि व्यवसायीक जिवनमा लागेका तिवारीले सुरुमा लिक्वार्यस अर्थात रक्सीको को कारोबार गरेका थिए ।

त्यसपछि साथिहरुको साझेदारीमा सिद्धबाबा डिस्टिलरीमा स्थापना गरेपनि त्यसबाट केही समयको साझेदारीपछि बाहिरिए उनी ।

दुई वर्ष डिस्टिलरीमा व्यवसायीक जिवन विताएपछि नवलपरासीमै खाद्यान्नको पाल्ही स्टोर सञ्चालनमा ल्याए ।

यस्तै, उनले नवलपरासी मै दुई वटा निजी विद्यालयमा लगानी गरेका छन् । रामराम इंग्लिस बोर्डिङ स्कूल र साँकुरा बोर्डिङ स्कूलमा उनले लगानी गरेका छन् ।

वि.स. २०६२ सालदेखि उद्योग वाणिज्य महासंघको राजनीतिमा प्रवेश गरेका उनी त्यसयता लगातार महासंघमा आबद्ध छन् ।

वि.स. २०५२ सालदेखि नवलपरासी उद्योग संघमा लागेर १० वर्ष त्यसमै संगठित भएपछि महासंघमा आएर नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर ५ को अध्यक्ष बनिसकेका छन् ।

म्यानेजमेन्टमा ब्याचलर गरेका उनी पछिल्लो समय नेपालको सफल व्यवसायीको पहिचान बनाइरहेका छन् ।

राजनीतिक र सामाजिक क्षेत्रमा लागेका बाबुको पथमा हिड्न छाडेर व्यवसायीक जिवन रोजेका उनले सांगठनिक नेतृत्वमा समेत अगाडी आउन चाहिरहेका छन् ।

महासंघको भावी अध्यक्ष बन्ने सपनासहित चन्द्र ढकालको प्यानलबाट जिल्लानगरतर्फको उपाध्यक्षमा उमेद्वारी दिएका छन् ।

हाल नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष रहेका उनी बिजेता जिल्ला नगर उपाध्यक्षमा चयन भए उद्योगी व्यवसायीका माग जोडदार रुपमा अगाडी ल्याउने बताउँछन् ।

देशमा तीन तहको सरकार भएपनि तीनै तहको सरकारसँग उद्योगी व्यवसायीको सम्बन्ध खस्किँदो अवस्थामा रहेकाले सम्बन्ध सुधार गर्न प्रयास गर्ने एजेन्डा अगाडी सारेका छन् ।

यस्तै, उनले आफ्नो मूख्य एजेन्डाको रुपमा निजी क्षेत्रको तीन वटा संगठन उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शलाई एकताबद्ध बनाएर लैजाने प्रयास गर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend