जन आकाश
काठमाडौं । लामो समय देखी रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा.योगेन्द्र कुमार कार्कीको नाम सिफारिस भएको छ । हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका डा. कार्कीको नाम बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले उनको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । निजामती सेवा ऐन अनुसार, कार्यसम्पदान मुल्याङकनका आधारमा (८० प्रतिशत) हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा (२० प्रतिशत) एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend