जन आकाश
नेपालको निक्कै चर्चित र काठमाडौ उपत्यकाबासीहरुको तिर्खा मिट्ने सपना बुनिएको सिन्धुपाल्चोक जिल्ला भएर बग्ने मेलम्ची र लार्के खोलाको पानी झण्डै २७ किलोमिटरको सुरुङग खनेर काठमाडौको सुन्दरीजलमा खसाली काठमाडौ उपत्यकाका मानिसहरुलाई पानीको अभाव पुर्ति गर्ने सपना देख्ने र योजना बनाउने स्वर्गीय पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्ण प्रसाद भट्टराईले देखेको सपना बिपनामा आफ्नो जीवनकालमा देख्न त सकेनान् तर काम शुरु भएको २८ बर्षमा समेत मेलम्चीको पानी काठमाडौमा खसाल्ने काम भने ९५ प्रतिशत कहिले ९८ प्रतिशत भईसकेको पटक पटक काठमाडौ खानेपानी लिमिटेडले सुचना जारी गरेको ग¥यै गर्छ । तर त्यो सुचना जारी गरेको बषौ सम्म पानी काठमाण्डौ उपत्यकामा ल्याईपु¥याईदैन । ल्याई पु¥याएको छैन ।
त्यसकारण मेलम्ची खानेपानी योजनामा पानीमा झेल भईरहेको छ । मेलम्ची खानेपानी आयोजना शुरु भएदेखि अहिलेसम्म जो जो खानेपानी मन्त्री भए ति मन्त्रीहरुले काठमाडौमा घर घडेरी जोडिसकेका छन् तिनिहरुको घरमा त मिनिरल वाटर पुगेकै छ । तर सर्वसाधरण जो काठमाडौमा आएर सामान्यभन्दा सामान्य जीवन यापन गर्ने जसको सरदर दैनिक आम्दानी रु ५०÷१०० कमाउने मानिसहरुको पानीको अभावमा तनाव कति भएको होला ! त्यो भन्दापनि सामान्य आय भएका परिवारका सुत्केरी भएका आमाहरुले बालबच्चाको कबडा धुन सुद्ध पिउने पानी अभावमा कति तड्पिनु परेको होला । तिर्खा लाग्दा पिउन देखि कबडा धुन सम्म मानिसहरुलाई नभई नहुने महत्वपुर्ण पानीलाई किन यसरी झेल गरिदै छ । हिजोका दिनमा जो जसले झेल र खेल खेलेर खानेपानी माथिको राजनीति गरे त्यो पुरानो चलन हो । अहिले नयाँ चलन भनेको २०७२ मा बनेको नयाँ संविधानको आधारमा टेकेर बनेको सरकारको मातहतमा रहेको खानेपानी मन्त्रालयले नयाँ सोच राखेर उपत्यकाकामा रहेका खानेपानीको अभावलाई बिशेष गरेर जो निम्न बर्ग छन् उनिहरु सुद्ध खानेपानीको अभावमा आरस्यानिक पानी पिउन बाध्य छन् । जसले रोग उत्पन्न गराउछ ।सरुवा रोग उत्पन्न भयो भने भोलि मिनिरल वाटर पिउनेलाई पनि सर्न सक्छ । को बाकी रहन्छ ।
त्यस्तै देशभरी बिभिन्न ठाउँहरुमा पनि खानेपानीको अभाव भईरहेको छ । ति नेपाली नागरिकहरुले सुद्ध पिउने पानी पाउनुपर्ने हक छ । तर त्यो कागजमा लेखिएको पानामा मात्र सिमित रहेको छ । यस्तै नेपालमा सत्ता, सरकार जे परिवर्तन भएपनि सामान्य गरिखाने वर्ग जो यो देशमा बस्छ उसको आफ्नो भन्ने नै मेहनत र नेपाली समाज हुन्छ । उनिहरुको पक्षमा कहिल्यै कुनै सरकार नभएको आभास हुने गरेको छ । तिनिहरुको लागि पनि यो वर्तमान सरकारले काम गर्नुपर्ने होे । तर त्यसतो देखिदैन । त्यही सरकारको मातहतमा रहेको खानेपानी मन्त्रालयले पनि काठमाडौ उपत्यकामा रहेका झण्डै ६० लाँख मानिसहरुलाई सुद्ध खानेपानी पु¥याउन काम गर्नुपर्ने ठाउँमा राजनीतिक झेल गरिरहेको देखिन्छ । त्यसैले अरु बिषय जे जस्तो भएपनि खानेपानी जस्तो सवेदनशील बिषयमा झेल नगरि मेलम्ची खानेपानी छिटो भन्दा छिटो काठमाडौ उपत्यकामा ल्याउनु जतिको पवित्र काम अरु हुन सक्दैन ।त्यो काम जिम्मेवार निकायले गरेर जनताको मन जित्नु पर्दछ ।
किनकी काठमाडौ उपत्यकामा चैत्र, बैशाष, जेष्ठ खानेपानीको असाध्यै अभाव हुने महिनाहरु ह्ुन् यि महिनाहरु आउनु अगावै मेलम्ची काठमाडौमा ल्याएर तिर्खाएका मानिसहरुलाई पानी पियाउन सक्यौ भने त्यो जतिको महानता अरु हुन सक्दैन । त्यसैले मेलम्ची छिटो ल्याउ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend