जन आकाश
काठमाडौ । आसन्न हुन लागेको नेपाल उधोग बाणिज्य महासंघको ५४ औं साधरणसभा तथा निर्वाचनमा एसाेसिएट तर्फकाे कार्यसमिति सदस्यमा बाबुकाजी कार्किले उम्मेदवारी दिएको खुशीयालिमा रामेछापको विभिन्न ठाउँमा रामेछापका उधोगी ब्यवसायिहरुले दिप प्रज्वल गरेका छन् ।
रामेछापमा जन्मेर निकै मेहनत र संघर्ष गरेर ब्यवसायमा लागेका बाबुकाजी जतिसुकै बेला पनि ब्यवसायिको हित र समाजसेवामा खटने गरेका ब्यात्ती भएको हुनाले बाबुकाजिको जितको लागि रामेछाप जिल्लाका उधोगी ब्यवसायिहरुले दिप प्रज्वल गरेको रामेछापवाट हाम्रो सवाददाता राजेस गिरिले बताएका छन् ।
यता काठमाडौमा पनि बाबुकाजि कार्कीलाइ जिताउन रामेछापका ब्यवसायी साथै उधोगी ब्यापारीहरु लागिरहेका छन् ।इमान्दार छवि भएका सत्यको पक्षमा सधै काम गर्ने कार्कीलाई एसोसिएटस कार्यसमितिमा ब्यवसायिहरुले जिताउने अनुमान लगाउन सकिन्छ । कार्कीले चन्द्रप्रसाद ढकाल समुहवाट उम्मेदवारी दिएका हुन।
हस्पिटल क्षेत्रमा लामो अनुभव भएका कार्की हाल ॐ हस्पिटल एन्ड रिसर्चका सन्चालक हुन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend