logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बर्दिवासमा र्कफ्यु बजारमा त्रास कायमै


  • जन आकाश
  • बुधबार, मंसिर १० २०७७

 



काठमाडौं । बर्दिवासमा बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बर्दिवासकी ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोध गर्न उत्रिएका प्रदर्शनकारी माथि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

तिनै गोली लागेर घाइते भएका बर्दिवास नगरपालिका (१ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको गएराति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । न्यौपानेको मृत्युले स्थानीयलाई थप आक्रोशित बनाएको छ । स्थानीयले प्रदर्शन गर्दा र प्रहरीले जताततै उपस्थिति बढाउदा बजारमा त्रास कायमै रहेको कारण कफयु लगाउनु परेको त्यहाका जिल्ला अधिकारीले बताएका छन् ।

बर्दिवासमा स्थानीयबासीले गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै बिहानै पूर्व (पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend