जन आकाश
मुक्तक,,१
खेर जान्छ सधै अठोट किन होला
थपिन्छ चोट माथी चोट किन होला
यहि कुराले सधै पीडा दिइरहेको छ
मेरै भाग्यमा लेखियो खोट किन होला
मुक्तक(२
दुईदिनको जिन्दगीमा हाँसी राख न प्रिय
मेरो माया त्यो मुटुमा गाँसी राख न प्रिय
मरिलानु के नै छ र दुईदिने जिन्दगीमा
त्यो छातिमा मलाई टाँसी राख न प्रिय
मुक्तक(३
झ झल्को तिम्रै बारम्बार आइरहन्छ प्रिय
हजुरलाई सम्झी यो मुटु खाइरहन्छ प्रिय
साथमा हुनु हुन्न मेरो यत्ति मात्रै फरक हो
हजुर कै यादमा ओठ मुस्कुराईरहन्छ प्रिय
मुक्तक,,४
नधसाउन यहाँ छुरा पुग्नेछु एकदिन
चलाएर हात पाखुरा पुग्नेछु एकदिन
काट्नेहरुले मेरो कुरा जति नै काटेपनि,,
साहित्यको टाकुरा पुग्नेछु एकदिन
हिउँकलाूहाँसीू खतिवडा
कैलाली
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend