logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तक


  • जन आकाश
  • शुक्रबार, मंसिर १२ २०७७

मुक्तक १
मलाई दुश्मनहरुको सराप लागोस् बरु
मेरो दुस्खलाई रमिता ठान्दै हाँसोस् बरु
थपी दिनेछु आफ्नै आयु मार्छु भन्नेलाई
मैले फेर्ने श्वासले अरु, धेरै बाँचोस् बरु



मुक्तक २
चार कोठे मुटुको भित्तामा , चोटका खत टन्न छन्
पुनः मिलनको आशाहरु मर्न नसकेर लमतन्न छन्
पीडाहरु माथा देखि पाउसम्म तैनाथ छन् सताउन
त्यसैले मेरो कायमा खुसीका तन्तुकोष विपन्न छन्

मुक्तक ३
छोडेर गएकाहरु मुस्किल पर्दा, शरणमा आउने रैुछ
शरणमा नआउनेहरु यादको, प्रकरणमा आउने रैुछ
दौलतको वृक्षमा इज्जत र औकात, फल्दैनन् हजुर
इज्जत र औकात त, कात्रो र मरणमा आउने रैुछ

मुक्तक ४
मेरो बैँसको फूल तिम्रो मनमा चढाउ भने अछुत होला
सुनपानीले पखालिन्छन् सुनमा शक्ति धेरै अद्भुत होला
तर, महाजनका महलमा सुनकै पाइखाना हुने रहेछन्
त्यसैले भन्नुस् जात ठुलो कि पैसा रु के सबुत होलारु

टसी शेर्पा स्वतन्त्र
जिरी न पा २
दोलखा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend